ne_tw/bible/other/alms.md

1.4 KiB
Raw Permalink Blame History

दान

परिभाषा:

“दान” ले गरिब मानिसहरूलाई सहयोग गर्न दिइने रूपियाँ-पैसा, खाना वा अन्य थोकहरूलाई जनाउँछ ।

  • अक्सर दान दिने कार्यलाई मानिसहरूले धर्मी हुनको निम्ति उनीहरूको धर्मले आवश्यक ठानेको केही कुरोको रूपमा देखेका थिए ।
  • अरू मानिसहरूको ध्यान खिँच्‍ने गरी सार्वजनिक रूपमा दान दिने काम गर्नुहुँदैन भनी येशूले बताउनुभयो ।
  • यस शब्दलाई “रूपियाँ-पैसा” वा “गरिब मानिसहरूलाई उपहारहरू” वा “गरिबहरूका निम्ति सहायता” भनेर पनि अनुवाद गर्न सकिन्छ

बाइबलका खण्डहरूः

शब्द विवरणः

  • Strongs: G16540