ne_tw/bible/other/age.md

2.3 KiB
Raw Permalink Blame History

वर्ष, वर्ष भएको

परिभाषा:

“वर्ष” ले व्‍यक्‍ति बाँचेको सालहरूको सङ्ख्यालाई जनाउँछ। साधारणतया समय अवधिलाई उल्लेख गर्न पनि यसको प्रयोग गरिन्छ।

  • लामो समय अवधिलाई उल्लेख गर्न प्रयोग गरिने अरू शब्दहरूमा “काल” र “ऋतु” पर्दछन्।
  • दुष्‍टता, पाप र अनाज्ञाकारिताले पृथ्वी भरिपूर्ण हुँदा येशूले वर्तमान समयलाई “यस युग” भन्‍नुभएको छ।
  • एउटा भावी युग आउनेछ, जुन बेला नयाँ स्वर्ग र नयाँ पृथ्वीलाई धार्मिकताले शासन गर्नेछ।

​अनुवादका निम्ति सुझावहरू:

  • सन्दर्भमा निर्भर गर्दै, शब्द "उमेर" लाई "युग" वा "वर्षको संख्या" वा "समय अवधि" वा "समय" को रूपमा अनुवाद गर्न सकिन्छ।
  • "धेरै बुढेसकालमा" वाक्यांशलाई "धेरै वर्षको उमेरमा" वा "उनी धेरै बुढो हुँदा" ​​वा "उनी धेरै लामो समय बाँचेको बेला" भनेर अनुवाद गर्न सकिन्छ।
  • वाक्यांश "यो वर्तमान दुष्ट युग" को अर्थ हो "यस समयमा जब मानिसहरू धेरै दुष्ट छन्।"

बाइबलका सन्दर्भहरू:

  • १ इतिहास २९:२८
  • १ कोरिन्थी २:७
  • हिब्रू ६:५
  • अय्यूब ५:२६

शब्द तथ्याङ्कः

  • स्ट्रोंग्स G01650, G10740