ne_tw/bible/other/acacia.md

1.9 KiB
Raw Permalink Blame History

बबुल

परिभाषा:

“बबुल” सामान्य झाडी वा रूखको नाउँ हो, जुन प्राचीन समयमा कनान देशमा उम्रन्थ्यो। यो आज पनि त्यस क्षेत्रमा प्रशस्त मात्रामा पाइन्छ।

  • सुन्तला-खैरो रङको बबुल रूख निकै कडा र टिकाउ हुन्छ। यो निर्माण कार्यको लागि उपयोगी सामग्री हो।
  • यो काठ सितिमिति गल्दैन, किनकि यो यति बाक्लो हुन्छ कि यसमा पानी छिर्न पाउँदैन। यसमा प्राकृतिक रूपमा संरक्षण गर्ने क्षमता हुन्छ, जसको कारणले गर्दा किराहरूले यसलाई खान सक्दैनन्।
  • बाइबलमा पवित्र वासस्थान र करारको सन्दुक बनाउन बबुल काठको नै प्रयोग गरिएको थियो।

(यो पनि हेर्नुहोस्: अज्ञातहरूलाई कसरी अनुवाद गर्ने)

(यो पनि हेर्नुहोस्: करारको सन्दूक, पवित्र वासस्थान)

​बाइबलका सन्दर्भहरू:

  • व्यवस्था १०:३-४
  • प्रस्थान २५:३-७
  • प्रस्थान ३८:६-७
  • यशैया ४१:१९-२०

​शब्द तथ्याङ्कः

  • स्ट्रोंग्स H7848