ne_tw/bible/names/troas.md

25 lines
2.0 KiB
Markdown

# त्रोआस
## परिभाषा:
त्रोआस सहर प्राचीन रोमी साम्राज्यमा पर्ने एसिया प्रान्तको उत्तर-पश्‍चिममा अवस्थित बन्दगरगाह थियो ।
* आफ्ना मिसनरी यात्राहरूमा पावल कस से कम तिन पटक त्रोआस गए ।
* तिनी एक पटक त्यहाँ हुँदा तिनले राती अबेरसम्म प्रचार गरे र युटिकस नाउँ गरेका जवान मानिस निद्रामा परे । उनी खुला झ्यालमा बसेकाले झ्यालबाट खसेर उनको मृत्यु भयो । परमेश्‍वरको शक्‍तिद्वारा परमेश्‍वरले यी जवान मानिसलाई फेरि जीवित पारे ।
* पावल रोममा हुँदा तिनले त्रोआसमा छाडेका आफ्ना मुट्ठाहरू र आफ्नो खास्टो ल्याउन तिनले तिमोथीलाई अनुरोध गरे ।
(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई कसरी अनुवाद गर्ने)
(हेर्नुहोस्ः एसिया, प्रचार, प्रदेश, उठ्नु, रोम, मुट्ठा, तिमोथी )
## बाइबलका सन्दर्भहरूः
* २ कोरन्थी २ः१३
* २ तिमोथी ४ः११-१३
* प्रेरित १६ः८
* प्रेरित २०ः५
## शब्‍द तथ्‍याङ्‍क:
* स्‍ट्रोंग्‍स: G51740