ne_tw/bible/names/sinai.md

3.9 KiB

सिनै, सिनै पर्वत

परिभाषा:

सिनै पर्वत वा होरेबको पर्वत एउटा पर्वतको नाउँ हो, जुन सम्भवतः हालको सिनै प्रायद्विपको दक्षिणी भागमा अवस्थित थियो तर यो पर्वतको सही स्‍थान भने थाहाँ छेन।

  • यो सम्‍भव छ कि "होरेब" पहाडको वास्‍तविक नाम "सिनै पर्वत" हो र त्‍यो "सिनै पर्वत" को सरल अर्थ "सिनै पर्वत" हो जो मरुभूमिमा अवस्‍थित थियो भन्‍ने तथ्‍यलाई सङ्केत गर्दछ।
  • यसलाई "परमेश्‍वरको पर्वत" पनि भनिन्‍छ।
  • यो त्‍यहि ठाउँ हो जहाँ मोशाले भेडा चराउँदै गर्दा जलिरहेको पोथ्रा देखेको।
  • यो त्‍यहि ठाउँ हो जहाँ परमेश्‍वरले इस्राएलीहरूलाई ढुङ्गाका पाटीहरूमा आफ्‍ना आज्ञाहरू लेखेर आफ्‍नो करार प्रकट गर्नुभयो।
  • यो त्‍यहि ठाउँ पनि हो जहाँ पछी परमेश्‍वरले मोशालाई इस्राएलीहरू मरुभूमिमा भट्किरहेको बेला पानी उपलब्‍ध गराउन चट्टानमा प्रहार गर्न भन्‍नुभयो।

(हेर्नुहोस्ः मरभुमि, दश आज्ञा)

बाइबलको खण्डहरूः

  • प्रेरित ७:२९
  • प्रस्थान १६ः१-३
  • गलाती ४:२४
  • लेवी २७ः३४
  • गन्ती १ः१७-१९
  • १ राजा ८ः९-११
  • २ इतिहास ५ः९-१०
  • व्यवस्था १ः२
  • प्रस्थान ३ः१-३
  • भजनसंग्रह १०६ः१९

बाइबलका कथाहरूबाट उदाहरणहरूः

  • (१३ः१) परमेश्‍वरले इस्राएलीहरूलाई लाल समुद्र भएर लानुभएपछि, उहाँले तिनीहरूलाई मरुभूमि हुँदै सिनै भनिने पर्वततिर डोर्‍यउनुभयो ।
  • (१३ः३) मानिसहरूले आफैँलाई आत्मिक रूपमा तयार पारेका तिन दिनपछि, परमेश्‍वर सिनै पर्वतको टाकुरोमा गर्जन, चट्याङ, धुवाँ र तुरहीको आवाजसहित ओर्लाउनुभयो ।
  • (१३ः११) परमेश्‍वरसँग कुरा गर्दै मोशा सिनै पर्वतको टाकुरोमाथि नै धेरै दिनसम्म रहे ।
  • (१५ः१३) त्यसपछि परमेश्‍वरले इस्रएलीहरूसँग सिनै पर्वतमाथि गर्नुभएको करार पालना गर्नु पर्ने तिनीहरूका कर्त्तव्य यहोशूले मानिसहरूलाई याद दिलाए ।

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H2722, H5514, G37350, G46140