ne_tw/bible/names/paul.md

41 lines
5.4 KiB
Markdown

# पावल, शाऊल
## परिभाषा:
पावल अरू मानिस समूहहरूकहाँ येशूले सु-समचार प्रचार गर्न पठाउनुभएको प्रारम्भिक मण्डलीका एक अगुवा थिए ।
* पावल रोमी शहर टार्ससमा जन्मिएका एक यहूदी र एक रोमी नागरिक पनि थिए ।
* पावललाई मौलिक रूपमा उनका यहूदी नाउँ शाऊलद्वारा बोलाइन्थ्यो ।
* शाऊल यहुदी धार्मिक अगुवा भए र ख्रीष्‍टियन भएका यहूहदीरूलाई पक्रे, किनभने उनले येशूमा विश्‍वास गर्दैन थिए ।
* येशू अन्धो नै बनाउने प्रकाशमस शाऊलकहाँ आउनुभयो, र ख्रीष्‍टियनहरूलाई चोट पुर्‍याउन छोड भन्‍नुभयो । येशूले शाऊललाई सिकाउन एक जना ख्रीष्‍टियन पठाउनुभयो, र उनले येशूमा विश्‍वास गरे ।
* सर्वप्रथम शाऊलले यहूदीहरूलाई येशूको बारेमा सिकाए ।
* पछि, परमेश्‍वरले रोमी शहरहरूका अन्य मानिस समूहहरूलाई येशूको बारे सिकाउन शाऊललाई पठाउनु भयो । त्यस पछि उनले रोमी नाउँ पावल प्रयोग गर्न थाले ।
* पावलले विभिन्‍न शहरहरूका ख्रीष्यनहरूलाई सिकाउन र उत्साह दिनको लागि पत्रहरु लेखे । उनका केही पत्रहरू बाइबलमा छन् ।
(अनुवादका निम्ति सुझावहरुः नामहरू कसरी अनुवाद गर्ने)
(हेर्नुहोस्ः रोम, यहूदी अगुवाहरू, ख्रीष्‍टियन)
## बाइबलका खण्डहरूः
* १ इतिहास १ः३
* प्रेरित ०८:१-३
* प्रेरित ०९:२६-२७
* प्रेरित १३:१३:९-१०
* गलाती ०१:१-२
* फिलेमोन १ः८
## बाइबलका कथाहरूबाट उदाहरणहरूः
* (४५-०६) स्तिफनसलाई मार्ने मानिसहरूसँग जवान पावल पनि सहमत भए, र तिनीहरूले उनलाई ढुङ्गाले हान्दा तिनले तिनीहरूका लुगा कुरे ।
* (४६-०२) शाऊल दमस्कसतिर जाँदा बाटोमा उसको वरिपरि स्वर्गबाट चहकिलो प्रकाश चम्कियो, र ऊ भुइँमा लडे । शाऊलले कसैले यसो भनेका सुने, “शाऊल, शाऊल, तैँले किन मलाई सताउँछस् ?”
* (४६-०५) त्यसैले हननिया शाऊलकहाँ गए, उनमाथि हात राखे अनि भने, “तिमीले आफ्नो दृष्‍टि पुनः प्राप्‍त गर, र पवित्र आत्माले भरिओ भनेर तिमी यहाँ आउँदा बाटोमा देखा पर्ने येशूले मलाई पठाउनु भएको छ ।” शाऊल तत्कालै फेरि देख्‍न सक्‍ने भए, र हननियाले उनलाई बप्‍तिस्मा दिए ।
* (४६-०६) त्यसपछि शाऊलले “येशू नै परमेश्‍वरका पुत्र हुनहुन्छ” भनी दमस्कसमा भएका यहूदीलाई प्रचार गर्न थाले ।
* (४६-०९) बारनाबास र शाऊल नयाँ विश्‍वासीहरूलाई येशूबारे सिकाउन र मण्डलीलाई बलियो बनाउनलाई एन्टिओखियामा गए ।
* (४७-०१) शाऊल रोमी साम्राज्यभरि यात्रा गर्दा उनका रोमी नाउँ “पावल” प्रयोग गर्न थाले ।
* (४७-१४) पावल र अरू ख्रीष्‍टियन अगुवाहरू येशूको बारे सुसमाचार प्रचार गर्दै धेरै सहरहरूमा यात्रा गरे ।
## शब्‍द तथ्‍याङ्‍क:
* स्‍ट्रोंग्‍स: G39720, G45690