ne_tw/bible/names/joshua.md

5.9 KiB

यहोशू

परिभाषा:

बाइबलमा यहोशे नाउँ गरेका केही इस्राएली मानिसहरू थिए । तीमध्ये सबैभन्दा परिचित नूनका छोरा यहोशू हुन्, जो मोशाका सहायक थिए । पछि तिनी नै परमेश्‍वरको जातिको महत्त्वपूर्ण अगुवा बने ।

  • मोशाद्वारा प्रतिज्ञात देशको अन्वेषण गर्न पठाइएका बार्‍ह जना गुप्‍तचरमध्ये यहोशू एक थिए ।
  • प्रतिज्ञाको देशमा प्रवेश गरी कनानीहरूलाई पराजित गरेर परमेश्‍वरको आज्ञा मान्‍न यहोशूले इस्राएलीहरूलाई उत्साह दिँदा कालेबसँगै तिनले आफ्नो साहस देखाए र परमेश्‍वरमाथि भरोसा गरे ।
  • धेरै वर्षपश्‍चात् मोशाको मृत्युभएपछि इस्राएलीहरूलाई प्रतिज्ञाको देशमा पुर्‍याउन परमेश्‍वरले यहोशूलाई नियुक्‍त गर्नुभयो ।
  • कनानीहरूको विरुद्धमा पहिलो र सर्वाधिक महत्त्वपूर्ण युद्धमा परमेश्‍वरले भन्‍नुभएमुताबिक यहोशूले इस्राएलीहरूको नेतृत्व गरी तिनले यरीहो सहरलाई पराजित गरे ।
  • यहोशूको पुस्तक तिनको नेतृत्वमा घटेका घटनाहरूको बारेमा लेखिएको पुस्तक हो । यहाँ प्रतिज्ञात देशको कब्जा र इस्राएलका कुलहरूको लागि देशको विभाजनबारे पढ्न पाइन्छ ।
  • हाग्गै र जकरियाको पुस्‍तकहरूमा यहोशू नाउँ गरेको मानिस उल्‍लेख गरिएको छ; उनिएक प्रधान पूजहारी थिए जसले यरूशलेमको पर्खालहरू पुननिर्माण गर्न मदत  गरे।
  • वंशावली र बाइबलमा अरू ठाउँहरूमा उल्‍लेख गरिएको यहोशू नामका हरू थुप्रै पुरुषहरू छन्।

(अनुवादका लागि सुझावहरूः नाउँहरूलाई कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः कनान, हाग्‍गै,  यरीहो,, मोशा, प्रतिज्ञा गरिएको देश, जकरीया (पु.क))

बाइबलका सन्दर्भहरूः

  • १ इतिहास ७ः२५-२७
  • व्‍यवस्‍था ३ः२१
  • प्रस्‍थान १७ः१०
  • यहोशू १ः३
  • गन्‍ती २७ः१९

बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः

  • (१४-०४) जब इस्राएलीहरू कनानको छेउमा पुगे, मोशाले इस्राएलको हरेक कुलबाट एक-एक गरी बार्‍ह जना मानिस छाने । त्यो देश कस्तो थियो भनी त्यसको भेद लिन जान तिनले ती मानिसहरूलाई निर्देशन दिए ।
  • (१४-०६) तुरुन्तै अन्य दुई जना गुप्‍तचर कालेब र यहोशूले भने, “यो साँचो हो कि कनानका मानिसहरू अग्ला र बलिया छन्, तर निश्‍चय नै हामी तिनीहरूलाई पराजित गर्न सक्छौँ ।”
  • (१४-०८) यहोशू र कालेबबाहेक बिस वर्ष र सोभन्दा माथिको हरेक व्यक्‍ति त्यहीँ मर्नेछ र कहिल्यै प्रतिज्ञात देशमा प्रवेश गर्नेछैन ।”
  • (१४-१४) अब मोशा निकै वृद्ध भइसकेका थिए । त्यसैले, मानिसहरूको नेतृत्वको लागि तिनीहरूलाई मदत गर्न परमेश्‍वरले यहोशूलाई चुन्‍नुभयो ।
  • (१४-१५) यहोशू एक असल अगुवा थिए, किनकि तिनले परमेश्‍वरमाथि भरोसा राख्थे र उहाँप्रति आज्ञाकारी हुन्थे ।
  • (१५-०३) मानिसहरूले यर्दन नदी पार गरेपछि शक्‍तिशाली सहर यरीहोमाथि कसरी आक्रमण गर्ने भनी परमेश्‍वरले यहोशूलाई बताउनुभयो ।

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H3091, G24240