2.4 KiB
2.4 KiB
हित्ती
परिभाषा:
हित्तीहरू हामका छोरा कनानका सन्तानहरू थिए । तिनीहरू हाल टर्की र प्यालेस्टाइन भनेर चिनिने क्षेत्रमा अवस्थित एउटा ठुलो साम्राज्य बने ।
- आफ्नी मृत पत्नी सारालाई गुफामा गाड्न अब्राहामले हित्ती एप्रोनबाट जग्गाको टुक्रा किने । अन्त्यमा अब्राहाम र तिनका केही सन्तानहरू पनि त्यही गुफामा गाडिए ।
- एसावले दुई हित्ती स्त्रीसित बिहे गरेकाले तिनका बुबा आमा दुःखित भए ।
- दाऊदका एक शक्तिशाली मानिसको नाउँ हित्ती उरियाह थियो ।
- सोलोमनले बिहे गरेका केही विदेशी स्त्रीहरू हित्तीहरू थिए । ती स्त्रीहरूले पूज्ने झुटा देवताहरूको कारणले तिनीहरूले सोलोमनको ह्दयलाई परमेश्वरबाट पर लगे ।
- हित्तीहरू शारीरिक र आत्मिक दुवै रूपमा अक्सर यहूदीहरूका लागि त्रास थियो ।
(हेर्नुहोस्ः सन्तान, एसाव, विदेशी, विदेश, परदेशी, हाम, शक्तिशाली, शक्ति, सोलोमन, उरियाह)
बाइबलका सन्दर्भहरूः
- १ राजा ९ः२०-२१
- प्रस्थान ०३:७-८
- उत्पत्ति २३:१०-११
- उत्पत्ति २५:९-११
- यहोशू १ः४-५
- नहेम्याह ९ः८
- गन्ती १३ः२७-२९
शब्द तथ्याङ्क:
- स्ट्रोंग्स: H2850