ne_tw/bible/names/eve.md

35 lines
3.6 KiB
Markdown

# हव्वा
## परिभाषा:
परमेश्‍वरलेयो नाम प्रथम स्‍त्रीलाई दिनुभयो । उनको यो नामको अर्थ “जीवन” वा “जीवित” हुन्छ ।
* परमेश्‍वर आफैँले हव्वालाई आदमको करङबाट बनाउनुभयो ।
* हव्वालाई आदमको “सहयोगी” हुनको लागि सृजना गरिएको थियो । आदमलाई परमेश्‍वरले दिनुभएको काम गर्नलाई सहायता गर्न हव्वाले साथ दिइन् ।
* हव्वालाई सर्प (शैतान) ले परीक्षा गर्‍यो र उनी परमेश्‍वरले नखानू भनेको फल खाएर पाप गर्ने पहिलो व्‍यक्‍ति बनिन् ।
अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)
(हेर्नुहोस्ः आदम, जीवन, शैतान)
## बाइबलका सन्दर्भहरूः
* १ तिमिथी २ः१३
* २ कोरिन्‍थी ११ः३
* उत्‍पत्ति ३ः२०
* उत्‍पत्ति ४ः२
## बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः
* १ः१३ तब परमेश्‍वरले आदमको करङहरू मध्‍ये एउटा लिनुभयो र त्‍यसबाट स्‍त्री बनाउनुभयो र उनलाई तिनिकहाँ ल्‍याउनुभयो।
* २ः२ तर बगैँचामा एउटा धूर्त सर्प थियो। त्‍यसले स्‍त्रीलाई सोध्‍यो, "के परमेश्‍वरले तिमिलाई बगैँचाको कुनै पनि रूखको फल नखान भन्‍नुभएको छ?"
* २ः११ मानिसले आफ्‍नी पत्रीको नाम हव्‍वा राखे, जसको अर्थ "जीवन दिने" हो, किनभने उनी सबै मानिसहरूकी आमा हुन्।
* २१ः१ परमेश्‍वरले प्रतिज्ञा गर्नुभयो कि हव्‍वाको सन्‍तान जन्‍मनेछ जसले सर्पको टाउको कुल्‍चनेछ।
* ४८ः२ हव्‍वालाई छल गर्न शैतान बगैँचामा सर्पको माध्‍यमबाट  बोल्‍यो।
* ४९ः८ हब आदम र हव्‍वाले पाप गरे, यसले तिनीहरूला सबै सन्‍तानलाई असर गर्यो।
* ५०ः१६ किनभने आदम र हव्‍वाले परमेश्‍वरको आज्ञा पालन गरेनन् र यस संसारमा पाप ल्‍याए, परमेश्‍वरले त्‍यसलाई श्राप दिनुभयो र त्‍यसलाई नष्‍ट गर्ने निर्णय गर्नुभयो।
## शब्‍द तथ्‍याङ्‍क:
* स्‍ट्रोंग्‍स: H2332, G20960