ne_tw/bible/names/bethlehem.md

3.0 KiB
Raw Permalink Blame History

बेथलेहेम, एप्राता

तथ्यहरूः

बेथलेहेम यरूशलेम सहर नजिकै रहेको इस्राएल देशको एउटा सानो सहर थियो । यसलाई “एप्राता” भनेर पनि चिनिन्थ्यो, जुन सम्भवतः यसको मौलिक नाउँ थियो ।

  • राजा दाऊद बेथलेहेममा जन्मेकाले यसलाई “दाऊदको सहर” भनिएको छ ।
  • मसीह “बेथलेहेम एप्राता” बाट आउनुहुने थियो भनी मीका अगमवक्ताले भविष्यवाणी गरे ।
  • त्यस भविष्यवाणीलाई पुरा गर्नुहुँदै वर्षौंपश्‍चात् येशू बेथलेहेममा जन्मनुभयो ।
  • “बेथलेहेम” नाउँको अर्थ “रोटीको घर” वा “भोजनको घर” हो ।

(यो पनि हेर्नुहोस्: कालेब, दाऊद, मीका)

बाइबलका खण्डहरूः

बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः

  • १७ः२ दाऊद बेथलेहेम सहरका एक जना गोठाला थिए ।
  • २१ः९ अगमवक्‍ता यशैयाले मसीह कन्‍याबाट जन्‍मनुहुनेछ भनी अगमवाणी गरे । अगमवक्‍ता मीकाले उहाँको जन्‍म बेथलेहेम सहरमा हुने छ भनी बताए ।
  • २३ः४ योसेफ र मरियम बसेका ठाउँ नासरतबाट उनीहरूले __बेथलेहेम__सम्मको लामो यात्रा गर्नुपर्‍यो किनभने तिनीहरूका पुर्खा दाऊदको गृहनगर बेथलेहेम थियो ।
  • २३ः६ "मसीह, प्रभु, __बेथलेहेम__मा जन्‍मनुभएको छ ।"

शब्‍द तथ्‍याङ्‍क:

  • Strongs: H0376, H0672, H1035, G09650