ne_tw/bible/names/bethel.md

2.9 KiB

बेथेल

परिभाषा:

बेथेल कनान देशमा यरूशलेमको उत्तरपट्टि अवस्थित सहर थियो । यसलाई पहिले “लूज” भनिन्थ्यो ।

  • पहिलो पटक परमेश्‍वरका प्रतिज्ञाहरू प्राप्‍त गरेपछि अब्राम (अब्राहाम) ले बेथेल नजिकै उहाँको निम्ति एउटा वेदी खडा गरे । त्यस बेला यस सहरको वास्तविक नाउँ अझै बेथेल भइसकेको थिएन, तर यसलाई “बेथेल” भनिन थालियो जुन नाउँबाट यो ठाउँ परिचित भयो ।
  • आफ्ना दाजु एसावबाट भाग्दा याकूबले यही सहर नजिकै रात बिताएका थिए, र तिनी खुला मैदानमा नै सुतेका थिए । सुतिरहँदा तिनले एउटा सपना देखे, जसमा आकाससम्मै खडा गरिएको भर्‍याङमा स्वर्गदूतहरू तल झर्ने र माथि उक्लने गर्दै थिए ।
  • याकूबले यस ठाउँलाई “बेथेल” नाउँ नराखेसम्म यसको नाउँ बेथेल भएको थिएन । यसलाई प्रस्ट पार्न अब्राहामको बारेमा भएका खण्डहरू र याकूब पहिलो पटक आउँदा बयान गर्ने खण्डहरू (तिनको नाउँ परिवर्तन गरिनुअगि) केही अनुवादहरूले यसलाई “लूज (पछि बेथेल भनिएको)” भनी अनुवाद गर्न सक्छन् ।
  • पुरानो करारमा बेथेल अक्सर उल्लेख भएको छ, र यही ठाउँमा नै धेरै महत्त्वपूर्ण घटनाहरू घटे ।

अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः अब्राहाम, वेदी, याकूब, यरूशलेम)

बाइबलका सन्दर्भहरूः

  • उत्‍पत्ति १२ः८-९
  • उत्‍पत्ति ३५ः१
  • होशे १०ः१५
  • न्‍यायकर्ताहरू १ः२३

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H1008