ne_tw/bible/names/benjamin.md

1.8 KiB

बेन्यामीन

परिभाषा:

बेन्यामीन याकूब र तिनकी पत्‍नी राहेलबाट जन्मेका कान्छा छोरा थिए । तिनको नाउँको अर्थ हुन्छः “मेरो दाहिने हातको छोरो ।”

  • उनीबाट आएको वंशलाई "बेन्यामीनको कुल" वा "बेन्यामीन" वा "बेन्यामीनहरू" भनेर चिनिन्‍थ्‍यो।
  • हिब्रूमा, बेन्यामीन नामको अर्थ "मेरो दाहिने हातको छोरो" हो।
  • बेन्यामीनका सन्तानहरूबाट इस्राएलका बाह् कुलमध्ये एउटा कुलको रचना भयो ।
  • राजा शाऊल इस्राएली बेन्यामीन कुलबाटै आएका थिए ।
  • प्रेरित पावल पनि बेन्यामीन कुलकै थिए ।

अनुवादका लागि सुझावहरूः (नामहरू कसरी अनुवाद गर्ने)

(हेर्नुहोस्ः इस्राएलका बाह्र कुल, याकूब, राहेल)

बाइबलका सन्दर्भहरूः

  • १ इतिहास २ः१-२
  • १ राजा २ः८
  • प्रेरित १३ः२१-२२
  • उत्‍पत्ति ४२ः४
  • उत्‍पत्ति४२ः३५-३६
  • फिलिप्‍पी ३ः४-५

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H1144, G09580