ne_tw/bible/names/assyria.md

31 lines
3.5 KiB
Markdown
Raw Permalink Blame History

This file contains invisible Unicode characters

This file contains invisible Unicode characters that are indistinguishable to humans but may be processed differently by a computer. If you think that this is intentional, you can safely ignore this warning. Use the Escape button to reveal them.

# अश्शूर, अश्शूरी, अश्शूरी साम्राज्य
## परिभाषा:
इस्राएलीहरू कनान देशमा बस्दा अश्शूर एउटा शक्तिशाली राज्य थियो । अश्शूरी साम्राज्य अश्शूरी राजाद्वारा शासित राज्यहरूको एउटा समूह थियो ।
* अश्शूर देश वर्तमान इराकको उत्तरी क्षेत्रमा पर्ने ठाउँमा अवस्थित थियो ।
* इतिहासमा अश्शूरीहरू विभिन्‍न समयमा इस्राएलको विरुद्धमा लडे ।
* ७२२ ख्रीष्‍टपूर्वमा अश्शूरीहरूले इस्राएल राज्यमाथि पूर्ण जित हासिल गरे, र कैयौँ इस्राएलीहरूलाई अश्शूरमा जान बाध्य पारे ।
* बाँकी रहेका इस्राएलीहरूले अश्शूरीहरूद्वारा सामरियाबाट इस्राएलमा ल्याइएका विदेशीहरूसित अन्तरजातिय विवाह गरे । यी अन्तरजातिय विवाह गर्नेहरूबाट जन्मेका सन्तानहरू पछि सामारीहरू भनेर चिनिए ।
(हेर्नुहोस्ः सामरिया)
## बाइबलका सन्दर्भहरूः
* उत्‍पत्ति १०ः११
* उत्‍पत्ति २५ः१७-१८
* यशैया ७ः१६-१७
* यर्मिया ५०ः१७
* मीका ७ः११-१३
## बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः
* २०ः२ यसकारण परमेश्‍वरले दुबै राज्‍यहरूलाई तिनीहरूका शत्रुहरूलाई तिनीहरूलाई नष्‍ट गर्न अनुमति दिनुभयो। इस्राएल राज्‍य एक शक्‍तिशाली, क्रुर राष्‍ट्र अश्‍शूर साम्राज्‍यद्वारा नष्‍ट भएको थियो। अश्‍शूरीहरूले इस्राएलको राज्‍यमा धेरै मानिसहरूलाई मारे, मूल्‍यवान सबै चिजहरू लगे र देशको धेरै भाग जलाइदिए।
* २०ः३ अश्‍शूरीहरूले सबै अगुवाहरू, धनी मानिसहरू र सीप भएका मानिसहरूलाई भेला गरे र तिनीहरूलाई अश्‍शूरमा लगे।
* २०ः४ तब अश्‍शूरीहरूले विदेशीहरूलाई इस्राएलको राज्‍य भएको भूमिमा बस्‍न ल्‍याए।
## शब्‍द तथ्‍याङ्‍क:
* स्‍ट्रोंग्‍स: H0804, H1121