ne_tw/bible/names/amorite.md

3.6 KiB

एमोरी

परिभाषा:

एमोरीहरू एउटा शक्तिशाली जाति थियो, जो नोआका नाति कनानका सन्तानहरू थिए ।

  • तिनीहरूको नाउँको अर्थ हुन्छ‒ “उच्‍च जन/ठाउँ ।” यसले तिनीहरू बस्‍ने पहाडी क्षेत्रहरूलाई उल्लेख गर्न सक्छ, वा शारीरिक उचाइको लागि तिनीहरू प्रसिद्ध थिए भन्‍ने सत्यतालाई पनि उल्लेख गर्न सक्छ ।
  • एमोरीहरू यर्दन नदीको दुवैपट्टिको किनाराका क्षेत्रहरूमा बसोबास गर्थे ।
  • ऐ सहरमा एमोरीहरू नै बस्थे ।
  • परमेश्‍वरले “एमोरीहरूको पाप” भनी उल्लेख गर्नुभएको छ, जसमा तिनीहरूले झुटा देवताहरूलाई गरेको पूजा र त्यसमा सम्मिलित पापपूर्ण अभ्यासहरू पर्छन् ।
  • परमेश्‍वरले आज्ञा गर्नुभएअनुसार एमोरीहरूलाई नष्‍ट गर्न यहोशूले इस्राएलीहरूलाई अगुवाइ गरे ।

बाइबलका सन्दर्भहरूः

  • आमोस २ः९
  • इजकिएल १६ः३
  • उत्‍पत्ति १०ः१६
  • उत्‍पत्ति १५ः१४-१६
  • यहोशू ९ः१०

बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः

  • १५ः७ केही समय पछि, कनानमा अर्को समूहका मानिसहरूका राजा, एमोरीहरूले , गिबोनीहरूले इस्राएलीहरूसँग शान्‍ति सन्‍धि गरेको सुने, त्‍यसैले तिनीहरूले आफ्‍ना सेनाहरूलाई एउटा ठूलो सेना बनाएर गिबोन माथि आक्रमण गरे।
  • १५ः८ बिहानै तिनीहरूले एमोरी सेनाहरूलाई छक्‍क पारे र तिनीहरूलाई आक्रमण गरे।
  • १५ः९ त्‍यस दिन परमेश्‍वरले इस्राएलको निम्ति लड्नुभयो। उहाँले एमोरीहरूलाई अलमलमा पार्नुभयो र उहाँले ठूला-ठूला असिनाहरू पठाउनुभयो जसले धेरै एमोरीहरूलाई मारे।
  • १५ः१० परमेश्‍वरले सूर्यलाई आकाशमा एकै ठाउँमा स्‍थिर राख्‍नुभयो ताकि इस्राएलले एमोरीहरूलाई पूर्ण रूपमा पराजित गर्न पर्याप्‍त समय मिलोस्।

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H0567,