ne_tw/bible/kt/zealous.md

2.9 KiB

जोश, जोशिलो

परिभाषा:

“जोश” र “जोशिलो” ले कुनै व्यक्‍ति वा विचारलाई समर्तन गर्नमा दृढतासाथ लाग्‍नु भन्‍ने जनउँछ ।

  • जोशमा एउटा असल अभिप्रायलाई प्रवर्तन गर्ने दृढ इच्छा र कार्यहरू पर्छन् । यो प्रायः परमेश्‍वरको आज्ञा पालना इमानदारपूर्वक गर्ने र अरूलाई पनि त्यसै गर्न सिकाउनेलाई जानाउन प्रयोग गरिन्छ ।
  • जोशिलो हुने कुरोमा कुनै काम गराइमा तीव्र प्रयासको लागनी र प्रयासलाई निरन्तर धैर्यधारण गर्नु पर्छन् ।
  • “परमप्रभुको जोश” वा “यहोवेको जोश” ले उहाँका मानिसहरूलाई आशिष् दिन वा न्याय गरेको हेर्ने परमेश्‍वरको बलियो खुरुन्धारको कार्यहरूलाई दर्साउँछ ।

अनुवादका निम्ति सुझावहरूः

  • “जोशिलो हुनु” लाई “असाध्य लगनशील हुनु” वा “तीव्र प्रयास गर्नु” भनी अनुवाद गर्न सकिन्छ ।
  • “जोश” शब्द, “ऊर्जावान उपासना” वा “व्याग्र संकल्प” वा “धार्मिक उत्साह” को रूपमा अनुवाद गर्न सकिन्छ ।
  • “तपाईंको घरको निम्ति जोश” “” तपाईको मन्दिरलाई अत्याधिक आदर गर्दै” वा “तपाईंको मन्दिरको हेरचाह गर्ने तीव्र इच्छा” भनी अनुवाद गर्न सकिन्छ ।

बाइबलका पदहरूः

  • १ कोरिन्थी १२:३०-३१
  • १ राजा १९:९-१०
  • प्रेरित २२:३-५
  • गलाती ४:१७-१८
  • यशैया ६३:१५-१६
  • यूहन्‍ना २:१७-१९
  • फिलिप्‍पी ३:६-७
  • रोमी १०:१-३

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H7065, H7068, G22050, G22060, G22070, G60410