ne_tw/bible/kt/yahwehofhosts.md

4.0 KiB

सेनाहरूका याह्वे, सेनाहरूका परमेश्‍वर, सेना

परिभाषा:

“सेनाहरूका याह्वे” र “सेनाहरूका परमेश्‍वर” परमेश्‍वरको आज्ञा पालना गर्ने स्वर्गदूतहरूमाथिको उहाँको अधिकारलाई व्यक्‍त गर्ने उपाधीहरू हुन् ।

  • “सेना” वा “सेनाहरू” ले मानिसहरूका सैनिकरू वा कयौं ताराहरूका सङ्ख्याजस्ता कुनै पनि कुराको ठुलो सङ्ख्यालाई जनाउँछ । यसले दुष्‍ट आत्‍माहरू सहित सबै आत्‍मिक प्राणीहरूलाई पनि सन्‍दर्भ गर्न सक्‍छ। सन्‍दर्भले स्‍पष्‍ट पार्छ कि कुन सन्‍दर्भलाई देखाइरहेको छ।
  • “स्वर्गका सेना” जस्‍तै वाक्यांशहरूले सबै ताराहरू, ग्रहहरू र अन्य स्वर्गीय पिण्डहरूलाई जनाउँछ ।
  • नयाँ करारमा, वाक्‍यांश "सेनाहरूको प्रभु" को अर्थ "सेना हरूको यहोवे" जस्‍तै हो, तर नयाँ करारमा हिब्रू शब्‍द "यहोवा" प्रयोग नभएकोले यसलाई त्‍यसरी अनुवाद गर्न सकिँदैन।"

अनुवादका लागि केही सुझावहरूः

  • “सेनाहरूको याह्वे” वा “सेनाहरूका परमेश्‍वर” उपाधीलाई “सारा स्वर्गदूतहरूमाथि शासन गर्नुहुने याह्वे” वा “स्वर्गदूतहरूका सेनाहरूका शासक परमेश्‍वर” भनेर पनि अनुवाद गर्न सकिन्छ ।
  • “सेना” शब्दलाई “सैनिक” वा “ठुलो सङ्ख्या” भनेर पनि अनुवाद गर्न सकिन्छ ।
  • केही मण्डली सम्प्रदायहरूले धेरै बाइबलका संस्करणहरूले प्रयोग गर्ने “परमप्रभु” को परम्परालाई नै पछ्याएर शाब्दिक शब्द “याह्वे” लाई स्वीकार गर्दैनन् र “परमप्रभु” नै प्रयोग गर्न रुचाउँछन् । परमेश्‍वरलाई आदरको संकेत स्वरुप सबै अक्षरहरूलाई ठुलो वर्णहरू (क्यापिटल) प्रयोग गरिएको छ । यी मण्डलीहरूका निम्ति “सेनाहरूका परमप्रभु” प्रयोग गरिन्थ्यो ।

(हेर्नुहोस्ः स्वर्गदूत, प्रमुख स्वर्गदूत, अधिकार, प्रभु, मालिक, महाशय, प्रभु याह्वे, याह्वे परमेश्‍वर याह्वे)

बाइबलका खण्डहरूः

  • जकरिया १३:१-२

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H0430, H3068, H6635, G29620, G45190