ne_tw/bible/kt/works.md

4.6 KiB

कार्यहरू, कामहरू, कार्य, व्यवहारहरू

परिभाषा:

बाइबलमा, “कार्यहरू” “कामहरू” र “व्यवहारहरू” भन्‍ने शब्दहरू परमेश्‍वर वा मानिसहरूले गर्ने कुराहरूलाई जनाउन प्रयोग गरिन्छ ।

  • “कार्य” शब्दले परिश्रम वा अरू मानिसलाई सेवा पुर्याउन गरिने सबै कामलाई जनाउँछ ।
  • पमेश्‍वरका “कार्यहरू” वा “वहाँका हातका कार्यहरू” भन्‍ने टुक्‍काहरूले वहाँले गर्नुहुने र गर्नुभएका सबै कुराहरूलाई जनाउँछन् जसमा यस संसारको सृष्‍टि, पापीहरूलाई बचाउने काम, सबै सृष्‍टिको आवश्यकता पूरा गर्ने र सारा जगतलाई नै थामीराख्‍ने कुराहरू पर्दछन् । “कामहरू” र “व्यवहारहरू” भन्‍ने शब्दहरू पनि “शक्तिशाली व्यवहारहरू” वा “सुन्दर कामहरू” जस्ता वाक्यहरूमा परमेश्‍वरका अचम्मका कामहरू जनाउन प्रयोग हुन्छन् ।
  • एउटा मानिसले गर्ने कार्यहरू वा कामहरू असल वा खराब हुन सक्छन् ।

अनुवादका लागि केही सुझावहरू

  • “कार्यहरू” वा “कामहरू” लाई “व्यवहारहरू” वा “गरिएका कुराहरू” भनेर पनि भिन्‍न तरिकामा अनुवाद गर्न सकिन्छ ।
  • परमेश्‍वरका “कार्यहरू” वा “कामहरू” र “वहाँका हातका कार्य” हरू लाई संकेत गर्ने क्रममा यी वाक्यांशहरूलाई “आश्‍चर्यकर्महरू”, वा “सामर्थी व्यवहारहरू” वा “वहाँले गर्नुहुने अचम्मका कुराहरू” भनेर अनुवाद गर्न सकिन्छ ।
  • “परमेश्‍वरको कार्य” भन्‍ने वाक्यांशलाई “परमेश्‍वरले गरिरहनुभएका कुराहरू” वा “परमेश्‍वरले गर्नुहुने आश्‍चर्यका कामहरू” वा परमेश्‍वरले गर्नुहुने अचम्मका कामहरू” वा “परमेश्‍वरले पूरा गर्नुभएका सबै कुराहरू” भनेर अनुवाद गर्न सकिन्छ ।
  • “कार्य” भन्‍ने शब्द चाँहि “कार्यहरू” को एकवचन रूप हो जस्तै कि, “हरेक असल कार्य” वा “हरेक असल काम ।”
  • जब काम परमेश्‍वर वा अरूको लागि गरिन्‍छ, यसलाई "सेवा" वा "सेवकाइ" भनेर अनुवाद गर्न सकिन्‍छ।

(हेर्नुहोस्ः फल, पवित्र आत्मा, आश्‍चार्यकर्म)

बाइबलका सन्दर्भहरूः

  • १ यूहन्‍ना ३ः१२
  • प्रेरित २ः८-११
  • दानिएल ४ः३७
  • प्रस्‍थान ३४ः१०-११
  • गलाती २ः१५-१६
  • याकूब २ः१७
  • मत्ती १६ः२७-८
  • मिका २ः७
  • रोमी ३ः२८
  • तितस ३ः४-५

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H4399, H4566, H4567, H4611, H4659, H5949, G20410