ne_tw/bible/kt/woe.md

3.3 KiB
Raw Permalink Blame History

धिक्‍कार

परिभाषा:

“धिक्‍कार” शब्दले घोर कष्टको भावलाई जनाउँछ । कसैले गम्भीर समस्या भोग्‍नेछ भनी यसले चेतावनी दिन्छ ।

  • “...लाई धिक्‍कार” भन्‍ने वाक्यांशपछि मानिसहरूले तिनीहरूका पापका कारण दण्डस्वरूप भोग्‍ने कष्ट आउँछ ।
  • बाइबलमा केही स्थानहरूमा, “धिक्‍कार” भन्‍ने शब्द विशेषत गरी भयानक न्यायलाई जोड दिनको निम्ति दोहोर्‍याइन्छ ।
  • कुनै व्यक्तिले भयानक कष्टबारे दुःख व्यक्त गर्न “म धिक्‍कार” वा “मलाई धिक्‍कार” भन्छ ।

अनुवादका निम्ति सुझावहरूः

  • सन्दर्भअनुसार, “धिक्‍कार” शब्दलाई “ठुलो कष्‍ट” वा “निराश” वा “विपत्ति” वा “प्रकोप” भनी अनुवाद गर्न सकिन्छ ।
  • “(सहरको नाम) लाई धिक्‍कार” लाई नुवाद गर्ने अरू तरिकाहरूमा “(सहरको नाम)को निम्ति कति भयानक हुनेछ” वा (त्यो सहरका) मानिसलाई कठोर रूपमा दण्ड दिइनेछ” वा “ती मानिसहरूले बेजोड कष्ट भोग्‍नेछन्” पर्न सक्छन् ।
  • “म धिक्‍कार !” वा “मलाई धिक्‍कार !” भन्‍ने वाक्यांशलाई “म कति निराश छु !” वा “म अति उदास छु!” वा “मेरो निम्ति यो कति भयानक छ!” भनी अनुवाद गर्न सकिन्छ ।
  • “तिमीलाई धिक्‍कार” वाक्यांशलाई “तिमीले भयानक रूपमा दुःख भोग्‍नेछौ” वा “तिमीले भयानक कष्टहरू भोग्‍नेछौ" भनी अनुवाद गर्छ सकिन्छ ।

बाइबलका खण्डहरूः

शब्‍द तथ्‍याङ्‍क:

  • Strongs: H0188, H0190, H0337, H0480, H1929, H1945, H1958, G37590