ne_tw/bible/kt/trust.md

4.9 KiB

भरोसा, भरोसायोग्य, भरोसायोग्यता

परिभाषा:

शब्द “भरोसा” ले कुनै व्यक्‍ति वा वस्तु सत्य छ वा भरपर्दो छ भनी विश्‍वास गर्ने कुरालाई जनाउँछ। त्‍यो विश्‍वासलाई "विश्‍वास" पनि भनिन्‍छ। एक विश्‍वासनीय  व्ठि‍यक्क‍ति त्‍यो हो जसलाई तपाईले  सहि र सत्य कुरा गर्न र भन्‍न विश्‍वास गर्न सक्‍नुहुन्‍छ, र त्‍यसकारण जोसगँ "विश्‍वासयोग्‍यता" को गुण छ।

  • भरोसा विश्‍वाससित सामीप्य रूपमा सम्बन्धित छ । हामीले कसैमाथि भरोसा गर्‍यौँ भने उसले गर्छु भनी प्रतिज्ञा गरेको कुरो उसले गर्छ भनी हामी त्यस व्यक्‍तिमा विश्‍वास गर्छौं ।
  • कसैमाथि भरोसा गर्नुको अर्थ त्यस व्यक्‍तिमा आश्रित हुनु पनि हो ।
  • येशू “मा भरोसा गर्नु” को अर्थ हुन्छ‒ उहाँ परमेश्‍वर हुनुहुन्छ र हाम्रा पापको मूल्य चुकाउन उहाँ क्रुसमा मर्नुभयो भनी विश्‍वास गर्नु हो अनि हामीलाई बचाउन उहाँमाथि भर पर्नु हो ।
  • “भरोसायोग्य भनाइ” ले भनिएको कुरो सत्य छ भनी मानिलिन सकिन्छ भन्‍ने कुरोलाई जनाउँछ ।

अनुवादका लागि सुझावहरूः

  • “भरोसा” लाई “विश्‍वास” वा “विश्‍वास गर्नु” वा “निश्‍चित हुनु” वा “आश्रित हुनु” भनी अनुवाद गर्न सकिन्छ ।
  • “मा तपाईंको भरासा राख्‍नुहोस्” भन्‍ने वाक्यांश “मा भरोसा गर्नुहोस्” सित निकै समान छ ।
  • शब्द “भरोसायोग्य” लाई “भर पर्न सकिने” वा “विश्‍वसनीय” वा “सधैँ भर पर्न सकिन्छ” भनी अनुवाद गर्न सकिन्छ ।

(हेर्नुहोस्ः  विश्‍वास, निश्‍चितता, विश्‍वास, विश्‍वासयोग्य, सत्य)

बाइबलका सन्दर्भहरूः

  • १ इतिहास ०९:२२-२४
  • १ तिमोथी ०४:९-१०
  • होशे १०:१२-१३
  • यशैया ३१:१-२
  • नहेम्याह १३:१२-१४
  • भजनसंग्रह ३१:५-७
  • तीतस ०३:८

बाइबलका कथाहरूबाट लिइएका उदाहरणरूः

  • (१२-१२) जब इस्राएलीहरूले मिश्रीहरू मरेका देखे, तब तिनीहरूले परमेश्‍वरमा भरोसा गरे र मोशा परमेश्‍वरका अगमक्‍ता रहेछन् भनी विश्‍वास गरे ।
  • (१४-१५) यहोशू एक असल अगुवा थिए, किनकि तिनले परमेश्‍वरमाथि भरोसा गरे र उहाँप्रति आज्ञाकारी बने ।
  • (१७-०२) दाऊद विनम्र र धर्मी मानिस थिए, जसले परमेश्‍वरमाथि भरोसा गर्थे र उहाँप्रति आज्ञाकारी हुन्थे ।
  • (३४-०६) त्यसपछि येशूले आफ्नै असल कामहरूमा भरोसा गर्ने र अरू अरूहरूलाई तिरस्कार गर्ने मानिसहरूको कथा भन्‍नुभयो ।

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H0539, H0982, H1556, H2620, H2622, H3176, H4009, H4268, H7365, G16790, G38720, G39820, G40060, G41000, G42760