ne_tw/bible/kt/transgression.md

3.1 KiB

उल्लङ्घन गर्नु, उल्लङ्घन

परिभाषा:

शब्दहरू “उल्लङ्घन गर्नु” र “उल्लङ्घन” ले आज्ञा, शासन वा नैतिक नियमलाई तोड्ने कुरोलाई जनाउँछन् ।

  • आलङ्कारिक रूपमा “उल्लङ्घन” लाई “रेखा पार गर्नु” भनेर पनि बयान गर्न सकिन्छ । यसको अर्थ हुन्छ, कि व्यक्‍ति वा अरू मानिसहरूको भलाइको लागि स्थापित हद वा सीमाभन्दा पर जानु ।
  • शब्दहरू “उल्लङ्घन,” “पाप,” “अधर्म” र “अपराध” सबैमा परमेश्‍वरको इच्छाको विरुद्धमा काम गर्ने र उहाँका आदेशहरू नमान्‍ने कुराहरू पर्छन् ।

अनुवादका लागि सुझावहरूः

  • “उल्लङ्घन गर्नु” लाई “आज्ञा नमान्‍नु” वा “विद्रोह गर्नु” भनी अनुवाद गर्न सकिन्छ ।
  • यदि एउटै पद वा खण्डले “पाप” वा “उल्लङ्घन” वा “अपराध” भन्‍ने अर्थ लाग्‍ने दुईवटा शब्दको प्रयोग गर्छ भने सम्भव भएसम्म यी शब्दहरूलाई अनुवाद गर्न दुईवटा बेग्लाबेग्लै शब्दको प्रयोग गर्नु महत्त्वपूर्ण हुन्छ । बाइबलले उही सन्दर्भमा उही अर्थ बोकेका दुई वा सोभन्दा बढी शब्दको प्रयोग गर्दा साधारणतया यसको उद्देश्य भनिएको कुरोलाई जोड दिनलाई हो वा यसको महत्त्व देखाउनलाई हो । (हेर्नुहोस्ः समानान्तरता)

(हेर्नुहोस्ः समानान्‍तरता)

(हेर्नुहोस्ः पाप, पापिष्‍ठ, पापी, पाप गरिरहने, अपराध, अधर्म)

बाइबलका सन्दर्भहरूः

  • १ थेसलोनिकी ०४:३-६
  • दानिएल ०९:२४-२५
  • गलाती ०३:१९-२०
  • गलाती ०६:१-२
  • गन्ती १४:१७-१९
  • भजनसंग्रह ३२:१-२

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H0898, H4603, H4604, H6586, H6588, G04580, G04590, G38450, G38470, G38480, G39280