ne_tw/bible/kt/soul.md

3.4 KiB

प्राण

परिभाषा:

प्राण एउटा व्यक्‍तिको भित्री, अदृश्य र अनन्त भाग हो । यसले एउटा व्यक्‍तिको अभौतिक भागलाई जनाउँछ ।

  • बाइबलमा, “प्राण” र “आत्मा” दुई फरक धारणाहरू हुनसक्छन् वा तिनीहरूले उही धारणालाई जनाउँन पनि सक्छन् ।
  • व्यक्‍ति मर्दा, उसको प्राणले उसको शरीर छोड्छ ।
  • शरीरको विपरीत, "आत्‍मा" लाई "परमेश्‍वरसँग सम्‍बन्‍धित" व्‍यक्‍तिको एक भागको रूपमा भन्‍न सकिन्‍छ।
  • “प्राण” शब्दलाई कहिले काहीँ समग्र व्यक्‍तिलाई नै जनाउन पनि प्रयोग गरिन्छ । उदाहरणको लागि, “पाप गर्ने प्राण” को अर्थ “पाप गर्ने व्यक्‍ति” हुन्छ, र “मेरो प्राण थाक्यो” को अर्थ “म थाकेँ” हुन्छ ।

अनुवादका सुझावहरूः

  • “प्राण” लाई “भित्री मनुष्यत्व” वा “भित्री व्यक्‍ति” को रूपमा पनि अनुवाद गर्न सकिन्छ ।
  • कुनै सन्दर्भहरूमा “मेरो प्राण” लाई “म” वा “मलाई” को रूपमा पनि अनावद गर्न सकिन्छ ।
  • सामन्यतया “प्राण” लाई सन्दर्भलाई हेरी “व्यक्‍ति” वा “ऊ” वा “उसलाई” भनी अनुवाद गर्न सकिन्छ ।
  • कुनै भाषामा “प्राण” र “आत्मा” लाई अनुवाद गर्ने शब्द एउटै मात्र हुन पनि सक्छ ।
  • हिब्रू ४:१२ को “प्राण र आत्मालाई भाग-भाग पार्ने” को अर्थ “भित्री व्यक्‍तिलाई गहन रूपमा बुझ्‍ने वा प्रकट गर्ने” हुनसक्थ्यो ।

(हेर्नुहोस्ः आत्मा, आत्मिक)

बाइबल खण्डहरूः

  • २ पत्रुस ०२:७-९
  • प्रेरित ०२:२७-२८
  • प्रेरित ०२:४०-४२
  • उत्पत्ति ४९:५-६
  • यशैया ५३:१०-११
  • याकूब ०१:१९-२१
  • यर्मिया ०६:१६-१९
  • योना ०२:७-८
  • लूका ०१:४६-४७
  • मत्ती २२:३७-३८
  • भजनसंग्रह ०१९:७-८
  • प्रकाश २०:४

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H5082, H5315, H5397, G55900