ne_tw/bible/kt/sanctuary.md

3.4 KiB

पवित्रस्थान

परिभाषा:

“पवित्रस्थान” शब्दले शाब्दिक अर्थ “पवित्र ठाउँ” हो र यसले परमेश्‍वरले पवित्र र स्वच्छ बनाउनु भएको कुरालाई जनाउछ । यसले संरक्षण र सुरक्षा दिने ठाउँलाई पनि जनाउछ ।

  • पुरानो करारमा “पवित्रस्थान” शब्द “पवित्र स्थान” र “महा पवित्र स्थान” भएको पवित्रस्थान वा मन्दिरलाई जनाउँछ ।
  • परमेश्‍वरले पवित्रस्थान भन्‍नाले उहाँ उहाँका मनिसहरू अर्थात इस्राएलीहरूमाझ बसोवास गर्ने ठाउँलाई जनाउनुभयो ।
  • उहाँले आफैँलाई पनि “पवित्रस्थान” वा उहाँका मानिसहरूले संरक्षण पाउन सक्‍ने सुरक्षित ठाउँको रूपमा बताउनुभयो ।

अनुवादका निम्ति सुझावहरूः

  • यो शब्दको आधारभूत अर्थ “पवित्र ठाउँ” वा “अलग गरिएको ठाउँ” भन्‍ने हुन्छ ।
  • “पवित्रस्थान” शब्दलाई सन्दर्भअनुसार “पवित्र ठाउँ” वा “पवित्र भवन” वा “परमेश्‍वरको पवित्र वासस्थान” वा “संरक्षणको पवित्र ठाउँ” वा “सुरक्षाको पवित्र ठाउँ” भनी अनुवाद गर्न सकिन्छ ।
  • “पवित्रस्थानको शेकेल” भन्‍ने शब्द समूहलाई “पवित्रस्थानको निम्ति दिइएको किसिमको शेकेल” वा “मन्दिरको हेरचाह गर्नलाई कर तिर्न प्रयोग गरिने शेकेल” भनी अनुवाद गर्न सकिन्छ ।
  • नोटः यो शब्दले आजका आधुनिक मण्डलीको आराधना भवनलाई नजनाओस् भन्‍ने कुरामा होसियार हुनुहोस् ।

(हेर्नुहोस्ः पवित्र,  पवित्र आत्मा, पवित्रता, अलग गरिएको, पवित्र वासस्थान, कर,  मन्दिर)

बाइबल खण्डहरूः

  • आमोस ०७:१२-१३
  • प्रस्थान २५:३-७
  • इजकिएल २५:३-५
  • हिब्रू ०८:१-२
  • लूका ११:४९-५१
  • गन्ती १८:१-२
  • भजनसंग्रह ०७८:६७-६९

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H4720, H6944, G00400