ne_tw/bible/kt/sanctify.md

3.6 KiB

पवित्र बनाउनु, पवित्रकरण

परिभाषा:

पवित्र बनाउनु भनेको अलग गर्नु वा पवित्र पार्नु हो । पवित्रकरण भनेको पवित्र बनाउने प्रक्रिया हो ।

  • पुरानो करारमा परमेश्‍वरको सेवाको निम्ति केही मानिसहरू र थोकहरूलाई पवित्र बनाइन्थ्यो वा अलग गरिन्थ्यो ।
  • परमेश्‍वरले येशूमा विश्‍वास गर्नेहरूलाई पवित्र बनाउनुहुन्छ भनी नयाँ करारले सिकाउँछ । अर्थात, उहाँले तिनीहरूलाई पवित्र बनाउनुहुन्छ र उहाँको सेवा गर्नलाई अलग गर्नुहुन्छ ।
  • येशूमा विश्‍वास गर्नेहरूलाई परश्‍वरप्रति आफैँलाई पवित्र बनाउन र उनीहरूले गर्ने हरेक कुरामा पवित्र हुनलाई पनि आज्ञा दिइएको छ ।

अनुवादका निम्ति सुझावहरूः

  • सन्दर्भअनुसार, “पवित्र बनाउनु” शब्दलाई “अलग गर्नु” वा “पवित्र पार्नु” वा “शुद्ध पार्नु” भनी अनुवाद गर्न पनि सकिन्छ ।
  • मानिसहरूले आफैँलाई पवित्र बनाउछन् भन्‍नुको तात्पर्य उनीहरूले आफैँलाई शुद्ध बनाउछन् र परमेश्‍वरको सेवाप्रति आफैँलाई समर्पण गर्छन् । बाइबलमा “समर्पण गर्नु” लाई यो अर्थसहित प्रायः प्रयोग गरिन्छ ।
  • “समर्पण गर्नु” को अर्थसँग यो शब्दलाई “कसैलाई (वा केहीलाई) परमेश्‍वरको सेवामा समर्पण गर्नु” भनी अनुवाद गर्न सकिन्छ ।
  • सन्दर्भअनुसार, “तिमीहरूको पवित्रकरण” लाई “तिमीहरूले आफैँलाई पवित्र बनाउदै” वा “तिमीहरूलाई (परमेश्‍वरको निम्ति) अलग गर्दै” वा “तिमीहरूलाई जेले पवित्र बनाउछ” भनी अनुवाद गर्न सकिन्छ ।

(हेर्नुहोस्ः समर्पण गर्नु, पवित्र, पवित्रता, अलग गर्नु)

बाइबल खण्डहरूः

  • १ थेसलोनिकी ०४:३-६
  • २ थेसलोनिकी ०२:१३-१५
  • उत्पत्ति ०२:१-३
  • लूका ११:२
  • मत्ती ०६:८-१०

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H6942, G00370, G00380