ne_tw/bible/kt/saint.md

2.1 KiB

सन्तहरु

परिभाषा:

“सन्तहरु” शब्दको शाब्दिक अर्थ “पवित्र जन” हुन्छ र यसले येशूमा विश्‍वास गर्नेहरूलाई जनाउछ ।

  • पछि मण्डली इतिहासमा, असल कामले चिनिएका व्यक्‍तिलाई “सन्त” उपाधी दिइन्थ्यो, तर नयाँ करारमा यो शब्दलाई यसरी प्रयोग गरिएको छैन ।
  • येशूमा विश्‍वास गर्नेहरू उनीहरूले जे गरेका छन् त्यसको कारणले होइन, बरु येशू ख्रीष्‍टको मुक्‍ति दिने काममा विश्‍वासद्वारा सन्तहरू वा पवित्र जनहरू हुन् ।

अनुवादका निम्ति सुझावहरूः

  • “सन्तहरू” लाई अनुवाद गर्ने तरिकाहरूमा “पवित्र जन” वा “पवित्र मानिस” वा “येशूमा पवित्र विश्‍वासीहरू” वा “अलग गरिइएकाहरू” पर्छन् ।
  • ख्रीष्‍टियनहरूका एउटा समूहका मानिसहरूलाई मात्र पवित्र जनाउने शब्द प्रयोग नगरियोस् भनी होसियार हुनुहोस् ।

(हेर्नुहोस्ः पवित्र, पवित्रता)

बाइबलका खण्डहरूः

  • १ तिमोथी ०५:९-१०
  • २ कोरिन्थी ०९:१२-१५
  • प्रकाश १६ः६
  • प्रकाश २०:९-१०

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H2623, H6918, H6922, G00400