ne_tw/bible/kt/righthand.md

7.3 KiB

दाहिने हात

परिभाषा:

“दाहिने हात” ले आलङ्कारिक रूपमा शासक वा अन्य महत्त्वपूर्ण व्यक्‍तिको दाहिने हाततर्फको सम्मानको स्थानलाई जनाउछ । बाइबलमा, यो शब्‍द प्रायः व्‍यक्‍तिको दाहिने छेउमा, व्‍यक्‍तिको दाहिने दिशा, दक्षिण दिशा, वा शासकको दाहिने छेउमा रहेको सम्‍मान वा बलको ठाउँलाई वा अन्‍य महत्‍वपूर्ण व्‍यक्‍तिलाई बुझाउन लाक्षणिक रूपमा प्रयोग गरिन्‍छ।

  • दाहिने हातलाई शक्ति, अधिकार, वा बलको सङ्केतको रूपमा पनि प्रयोग गरिन्छ ।
  • बाइबलले भन्दछ, कि विश्‍वासीहरू (मण्डली)का शिरको रुपमा र सम्पूर्ण सृष्‍टिको नियन्‍त्रण गर्ने शासकको रूपमा येशू परमेश्‍वर पिताको “दाहिने हात तर्फ” बसिरहनुभएको छ ।
  • कसैलाई आशिष् दिँदा शिरमाथि आशिष् दिने व्यक्‍तिको दाहिने हात राख्‍दा दाहिने हातलाई विशेष सम्मान देखाउन प्रयोग गरिन्थ्यो (इस्राएलले योसेफका छोरा एफ्राइमलाई आशिष् दिँदा) ।
  • कसैको “दाहिने हाततर्फ सेवा गर्नु” को अर्थ उक्‍त व्‍यक्‍तिको सेवा त्यो मानिसलाई विशेष आवश्यक र महत्त्वपूर्ण छ भन्‍ने हो ।

अनुवादका निम्ति सुझावहरूः

  • यदि अनुवाद गरिने भाषामा “दाहिने हात” को यस्तो अर्थ लाग्‍दैन भने त्यो भाषामा यस्तै अर्थ दिने अरू वाक्य-पद्धति छ वा छैन विचार गर्नुहोस् । (हेर्नुहोस्ः वाक्य-पद्धति)
  • सन्दर्भअनुसार, “दाहिले हातलाई” लाई “सम्मानको स्थानमा” वा “शक्‍तिको पदमा” वा “उनको सबैभन्दा महत्त्वपूर्ण सहयोगी” भनी अनुवाद गर्न सकिन्छ ।
  • “उनको दाहिले हातले” लाई अनुवाद गर्ने तरिकाहरूमा “अधिकारसहित” वा “शक्‍ति प्रयोग गरेर” वा “उनको चमात्कारिक सामर्थ्यले” पर्न सक्छन् ।
  • “उहाँको दाहिने हात र उहाँको शक्‍तिशाली बाहुली” जस्तो वाक्यांशमा याह्वेको बारे बातउँदा यो उहाँको शक्‍ति र महान् सामर्थ्य जनाउने भाषाको अलङ्कार हो । एउटै कुरोलाई दुई प्रकारले भन्‍ने शैलीले यो कुरामा जोड दिन्छ । यसलाई “उहाँको अचम्मको सामर्थ्य र महान् शक्‍ति” भनी अनुवाद गर्न सकिन्छ । (हेर्नुहोस्ः समरूपता)
  • यदि अनुवाद गरिने भाषामा यसको गलत अर्थ हुन्छ वा अर्थ नै दिँदैन भने, अर्कै शब्द वा वाक्य-पद्धति प्रयोग गर्नुपर्छ ।
  • सन्दर्भअनुसार, “को दाहिने हातमा” लाई अनुवाद गर्ने तरिकाहरूमा “को दाहिने हात तर्फ” वा “उनको दाँया तर्फको छेउ” वा “सम्मानको स्थान” वा “को दाहिनितर” पर्न सक्छन् ।
  • यसलाई “दाहिने हाततर्फको सम्मानको स्थानमा” भनेर व्याख्या गर्न पनि सकिन्छ ।
  • “तिनीहरूका दाहिने हात झुट हो” लाई “तिनीहरूबारेका सबैभन्दा आदर्निय थोक पनि भ्रष्‍ट हो” वा “तिनीहरूका सम्मानको स्थान छलद्वारा भ्रष्‍ट भएको छ” भनी अनुवाद गर्न सकिन्छ ।
  • भजनसंग्रह १०५:९मा, परमेश्‍वरले दोष लगाउनेहरूलाई विद्रोही मानिसहरूलाई दण्ड दिनलाई पठाइएका अगुवाको “दाहिने हात” तिर हुनलाई बोलउनु हुन्छ । यसलाई यसरी अनुवाद गर्न सकिन्छ, “दुष्‍ट अगुवाको छेउमा सम्मानको स्थान लिनलाई एउटा दोष लगाने नियुक्‍त गर्नु” वा “तिनीहरूलाई दण्ड दिन त्यो दुष्‍ट अगुवालाई सहायता गर्न एउटा दोष लागउने नियुक्‍त गर्नु” ।

(हेर्नुहोस्ः दोष लगाउनु, दुष्‍ट, सम्मान गर्नु, शक्‍तिशाली, दण्ड दिनु, विद्रोह गर्नु,)

बाइबलका खण्डहरूः

  • प्रेरित ०२:३२-३३
  • कलस्सी ०३:१-४
  • गलाती ०२:९-१०
  • उत्पत्ति ४८:१४-१६
  • हिब्रू १०:११-१४
  • विलाप ०२:३-४
  • मत्ती २५:३१-३३
  • मत्ती २६:६२-६४
  • भजनसंग्रह ०४४:३-४
  • प्रकाश ०२:१-२

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H3225, H3231, H3233, G11880