ne_tw/bible/kt/repent.md

5.6 KiB

पश्‍चात्ताप गर्नु, पश्‍चात्ताप

परिभाषा:

“पश्‍चात्ताप गर्नु” र “पश्‍चताप” ले पापलाई छोड्नु र परमेश्‍वरतिर फर्कनुलाई जनाउछ ।

  • “पश्‍चाताप गर्नु” को शब्दिक अर्थ “मनको परिवर्तन” हो ।
  • बाइबलमा “पश्‍चाताप गर्नु” को अर्थ सामान्यतयाः पापपूर्ण अर्थात् मानविय तरिकाको सोच वा कामलाई छोड्नु, र परमेश्‍वरको तरिकाको सोच र कामतिर फर्कनु हो ।
  • जब मानिसहरूले साँचो तवरले तिनीहरूका पापहरूका पश्‍चात्ताप गर्छन्, परमेश्‍वरले तिनीहरूलाई क्षमा दिनुहुन्छ, र उहाँको आज्ञा पालन गर्न तिनीहरूलाई सहायता गर्नुहुन्छ ।

अनुवादका निम्ति सुझावहरूः

  • “पश्‍चात्ताप गर्नु” लाई “(परमेश्‍वरतर्फ) फर्कनु” वा “पापलाई छोडेर परमेश्‍वरतिर फर्कनु” वा “पापबाट टाढा भएर परमेश्‍वरतर्फ फर्कनु” भन्‍ने अर्थ भएका शब्द वा शब्द समूहहरूमा अनुवाद गर्न सकिन्छ ।
  • प्रायः “पश्‍चाताप” लाई “पश्‍चाताप गर्नु” भन्‍ने क्रियालाई प्रयोग गरेर अनुवाद गर्न सकिन्छ । उदाहरणको लागि, “परमेश्‍वरले इस्राएललाई पश्‍चाताप दिनुभएको छ” लाई “परमेश्‍वरले इस्राएललाई पश्‍चताप गर्न सक्षम बनाउनुभएको छ” भनी अनुवाद गर्न सकिन्छ ।
  • “पश्‍चाताप” लाई अनुवाद गर्ने अरू तरिकाहरूमा “पापबाट फर्कनु” वा “पापबाट दूर भएर परमेश्‍वरतिर फर्केर” पर्छन् ।

(हेर्नुहोस्ः क्षमा गर्नु, क्षमा, पाप, पापूर्ण, पापी, पाप गरिरहने, फर्कनु)

बाइबलका खण्डहरूः

  • प्रेरित ०३:१९-२०
  • लूका ०३:३
  • लूका ०३:८
  • लूका ०५:२९-३२
  • लूका २४:४५-४७
  • मत्ती ०३:१-३
  • मत्ती ०३:१०-१२
  • मत्ती ०४:१७
  • मर्कूस ०१:१४-१५
  • रोमी ०२:३-४

बाइबलका कथाहरूबाट उदाहरणहरूः

  • (१६-०२) धेरै वर्षसम्म परमेश्‍वरको अवज्ञा गरेर तिनीहरूका शत्रुहरूको अत्याचारमा परेपछि, इस्राएलीहरूले पश्‍चाताप गरे, र तिनीहरूलाई छिटकारा दिन परमेश्‍वरसँग बिन्ती गरे ।
  • (१७-१३) दाऊदले उनका पापको पश्‍चाता गरे, र परमेश्‍रले उनलाई क्षमा गर्नुभयो ।
  • (१९-१८) उनीहरूले पश्‍चाताप गरेनन् भने परमेश्‍वरले उनीहरूलाई नाश पार्नुहुने थियो भनी तिनीहरूले (अगमवक्‍ताहरूले) मानिसहरूलाई चेतावनी दिए ।
  • (२४-०२) यूहन्‍नाको कुरा सुन्‍नलाई धेरै मानिसहरू उजाडस्थानतिर आए । उनले तिनीहरूलाई, “पश्‍चाताप गर, किनभने परमेश्‍वरको राज्य नजिक छ” भन्दै प्राचार गरे ।
  • (४२-०८) “तिनीहरूका पापहरूका क्षमा पाउनको लागि हरेकले पश्‍चताप गर्नुपर्छ भनी मेरा चेलाहरूले प्राचार गर्नेछन् भनी धर्मशास्‍त्रमा लेखिएको छ ।”
  • (४४-०५) “त्यसैले, पश्‍चाताप गर्नुहोस्, र परमेश्‍वरतिर फर्कनुहोस् ताकि तपाईंहरूका पापहरू पाखालियोस् ।”

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H5150, H5162, H5164, G02780, G33380, G33400, G33410