ne_tw/bible/kt/redeem.md

4.8 KiB

उद्धार गर्नु, उद्धार, उद्धारकर्ता

परिभाषा:

“उद्धार गर्नु” र “उद्धार” शब्दहरूले पहिला स्वमित्वमा भएको वा बन्दी बनाइएको कुनै थोकलाई फेरि किनेर फिर्ता ल्याउनुलाई जनाउछ । कसैलाई वा केही थोकलाई उद्धार गर्ने नै “उद्धारकर्ता” हो ।

  • मानिसहरू वा कुनै थोकलाई कसरी उद्धार गर्ने भन्‍ने बारेमा परमेश्‍वरले इस्राएलीहरूलाई व्यवस्थाहरू दिनुभयो। उदाहरणको लागि, कुसैले एउटा व्यक्‍तिलाई मूल्य तिरेर उसको दासत्वको बन्धनबाट मुक्‍त गर्न सक्थ्यो, ताकि दास स्वतन्‍त्र भएर जान सकोस् ।” मोल तिरेर छुटका दिनु” ले पनि यही प्रचलनलाई जनाउछ ।
  • यदि कसैको जमिन बेचिएको छ भने त्यो व्यक्‍तिको नातेदारले त्यो जमिन “छुटाउन” वा “किनेर फिर्ता गर्न” सक्थ्यो, ताकि त्यो जमिन परिवारको नै होस् ।
  • यी प्रचलनहरूले पापको दासत्वमा रहेका मानिसहरूलाई परमेश्‍वरले कसरी छुटकारा दिनुहुन्छ भन्‍ने कुरा देखाउँछ । जब येशू क्रूसमा मर्नुभयो, उहाँले मानिसहरूका सबै पापहरूको निम्ति पुरा मूल्य तिर्नुभयो र मुक्‍तिको निम्ति उहाँमा विश्‍वास गर्नेहरू सबैको उद्धार गर्नुभयो । परमेश्‍वरले उद्धार गर्नुभएका मानिसहरू पाप र यसको बन्धनबाट स्वतन्‍त्र पारिएका छन् ।

अनुवादका निम्ति सुझावहरूः

  • सन्दर्भअनुसार “उद्धार गर्नु” लाई “किनेर फिर्ता ल्याउनु” वा “(कसैलाई) स्वतन्‍त्र पार्नलाई मूल्य तिर्नु” वा “छुटकाराको मोल तिर्नु” भनी अनुवाद गर्न सकिन्छ ।
  • “उद्धार” लाई “छुटकाराको मोल” वा “स्वतन्‍त्रता भुक्‍तान” वा “किनेर फिर्ता ल्याउनु” भनी अनुवाद गर्न सकिन्छ ।
  • “छुटकाराको मोल तिर्नु” र “उद्धार गर्नु” शब्दहरूका आधारभूत अर्थ उस्तै हुन्छ, त्यसैले कुनै भाषाले यी दुवैलाई एउटै शब्द प्रयोग गरेर अनुवाद गर्न सक्छन् । तथापी, "छुटकाराको मोल तिर्नु" शब्‍दले केहि वा कसैलाई “उद्धार गर्नु” आवश्‍यक मोललाई पनि बुझाँउछ। “उद्धार गर्नु” शब्‍दले वास्‍तविक आफैमा मोल तिर्नुलाई बुझाउँदैन।

(हेर्नुहोस्ः स्वतन्‍त्र, छुटकाराको मोल तिर्नु)

बाइबलका खण्डहरूः

  • कलस्सी ०१:१३-१४
  • एफिसी ०१:७-८
  • एफिसी ०५:१५-२७
  • गलाती ०३:१३-१४
  • गलाती ०४:३-५
  • लूका ०२:३६-३८
  • रूथ ०२:१९-२०

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H1350, H1353, H6299, H6302, H6304, H6306, H6561, H7069, G00590, G06290, G18050, G30840, G30850