ne_tw/bible/kt/reconcile.md

2.8 KiB

मिलाप गराउनु, मिलाप

परिभाषा:

“मिलाप गराउनु” र “मिलाप” शब्दहरूले पहिला एकअर्काका शत्रुहरू भएका मानिसहरूका बिच “शान्ति कायम गर्नु” लाई जनाउछ ।

  • सान्यतयाः बाइबलमा यो शब्दले परमेश्‍वरले उहाँको पुत्र येशू ख्रीष्‍टको बलिदानद्वारा मानिसहरूलाई उहाँसँग मिलापमा ल्याइरहनुभएको कुरालाई जनाउछ ।
  • पापको कारणले सबै मानवजाति परमेश्‍वरका शत्रु भएको छ । तर उहाँको कृपापूर्ण प्रेमको कारणले परमेश्‍वरले येशूद्वारा मानिसहरूका निम्ति उहाँसँग मिलाप गराउने उपाय प्रदान गर्नुभयो ।
  • तिनीहरूका पापको निम्ति भुक्‍तानीको रूपमा येशूको बलिदानमा भरोसा गरेर, मानिसहरूलाई क्षमा गर्न सकिन्छ, र परमेश्‍वरसँग शान्तिमा रहन सक्छन् ।

अनुवादका निम्ति सुझावहरूः

  • “मिलाप गराउनु” लाई “शान्ति कायम गर्नु” वा “असल सम्बन्ध पुनर्स्थापना गर्नु” वा “साथीहरू हुन लगाउनु” भनी अनुवाद गर्न सकिन्छ ।
  • “मिलाप” लाई “असल सम्बन्ध पुनर्स्थापना गर्नु” वा “शान्ति कायम गर्नु” वा “शान्तिपूर्ण सम्बन्ध गराउनु” भनी अनुवाद गर्न सकिन्छ ।

(हेर्नुहोस्ः शान्ति, शान्तिपूर्ण, बलिदान, बलि)

बाइबलका खण्डहरूः

  • २ कोरिन्थी ०५:१८-१९
  • कलस्सी ०१:१८-२०
  • मत्ती ०५:२३-२४
  • हितोपदेश १३:१७-१८
  • रोमी ०५:१०-११

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H2398, H3722, G06040, G12590, G24330, G26430, G26440