ne_tw/bible/kt/ransom.md

4.2 KiB

मोल तिरेर छुट्टाउनु

परिभाषा:

“मोल तिरेर छुट्टाउनु” ले बन्दीलाई छुट्टाउनलाई माग गरिएको वा तिर्नु पर्ने रुपिँया वा अन्य भक्‍तानीलाई जनाउछ ।

  • क्रिया “मोल तिरेर छुट्टाउनु” हो अर्थ कब्जा गरिएको, दास बनाइएको, वा बन्दी बनाइएको व्यक्‍तिको उद्धार गर्नलाई कुनै भुक्‍तानी गर्नु वा बलिदान स्वरूप केही थोक गर्नु हो ।” फिर्ता किन्‍नु” को अर्थ “उद्धार गर्नु” को अर्थसँग मिल्दोजुल्दो छ ।
  • येशूले पापी मानिसहरूलाई तिनीहरूका पापको दासत्वबाट स्वतन्‍त्र गर्नको निम्ति मोलको रूपमा उहाँ आफैँलाई मारिन दिनुभयो । तिनीहरूका पापको दण्डबाट मोल तिरेर उहाँका मानिसहरूलाई फिर्ता किन्‍ने परमेश्‍वरको कार्यलाई बाइबलमा “उद्धार” भनिएको छ ।

अनुवादका निम्ति सुझावहरूः

  • “मोल तिरेर छुट्टउनु” लाई “छुटकाराको निम्ति तिर्नु” वा “स्वतन्‍त्रता पार्नलाई मूल्य चुकाउनु” वा “फिर्ता किन्‍नु” भनेर पनि अनुवाद गर्न सकिन्छ ।
  • “छुटकाराको मोल तिर्नु” भन्‍ने वाक्यांशलाई “(स्वतन्‍त्रताको)मूल्य तिर्नु” वा “(मानिसहरूलाई छुटकारा दिन) दण्डको मूल्य तिर्नु” वा “आवश्‍यक भुक्‍तानी दिनु” भनेर अनुवाद गर्न सकिन्छ ।
  • नाम शब्द “मोल” लाई “फिर्ता किन्‍ने” वा “दण्ड भुक्‍तान” वा “मूल्य चुक्‍ता” (जमिन वा मानिसलाई छुटकारा दिनु वा फिर्ता किन्‍नु) भनी अनुवाद गर्न सकिन्छ ।
  • “मोल” र “उद्धार” को अर्थ उस्तै छ, तर अङ्ग्रेजीमा कहिले काहीँ हल्का भिन्‍न तवरले प्रयोग गरिन्छ । कुनै भाषामा यो धारणालाई अनुवाद गर्ने एउटै मात्र शब्द हुनसक्छ ।
  • यसलाई “प्रायश्‍चित” लाई भन्दा भिन्‍न तवरले अनुवाद गरियोस् भन्‍ने कुरालाई ख्याल गर्नुहोस् ।

(हेर्नुहोस्ः प्रायश्‍चित, प्रायश्‍चित गर्नु, उद्धार गर्नु)

बाइबलका खण्डहरूः

  • १ तिमोथी ०२:५-७
  • होशे १३:१४
  • यशैया ४३:२-३
  • अय्यूब ०६:२१-२३
  • लेवी १९:२०-२२
  • मत्ती २०:२५-२८
  • भजनसंग्रह ०४९:६-८

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H1350, H3724, H6299, H6306, G04870, G30830