ne_tw/bible/kt/predestine.md

2.5 KiB

पूर्व-नियिजन गर्नु, पूर्व-नियोजित

परिभाषा:

“पूर्व-नियिजन गर्न” र “पूर्व-नियोजित” शब्दले केही कुरा हुनुअगि नै निर्णय वा योजना गरिएको थोकलाई जनाउछ ।

  • विशेष गरी, यो शब्दले मानिसहरुले अनन्त जीवन प्राप्‍त गरून् भनी परमेश्‍वरले पूर्व-नियिजन गर्नुभएको कुरालाई जनाउछ ।
  • कहिले काँही “पूर्वनियुक्‍त” भन्‍ने शब्द चलाइन्छ, जसको अर्थ पनि पहिल्यै निर्णय गरिएको भन्‍ने नै हुन्छ ।

अनुवादका निम्ति सुझावहरुः

  • “पूर्व-नियिजन गर्नु” शब्दलाई “पूर्व निर्णय गर्नु” वा “समयअगि नै निर्णय गर्नु” भनेर पनि अनुवाद गर्न सकिन्छ ।
  • “पूर्व-नियोजित” शब्दलाई “धेरैअगि निर्णय गरिएको” वा “समय अगावै योजना गरिएको” वा “पहिल्यै निर्णय गरिएको” भनेर अनुवाद गर्न सकिन्छ ।
  • “हामीलाई पूर्व-नियोजन गरिएको” भन्‍ने वाक्यांशलाई “धेरैअगि निर्णय गरिएको कि हामी” वा “समय अगावै योजना गरिएको कि हामी” भनी अनुवाद गर्न सकिन्छ ।
  • यो शब्दको अनुवाद “पूर्व जानकारी हुनु” को भन्दा फरक हुनुपर्छ भन्‍ने कुरा ख्याल गर्नुहोस् ।

(हेर्नुहोस्ः पूर्व जानकारी हुनु)

बाइबलका खण्डहरूः

  • १ कोरिन्थी ०२:६-७

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: G43090