ne_tw/bible/kt/perish.md

3.3 KiB

नष्‍ट हुनु, नष्‍ट हुदै, नाशवान

परिभाषा:

“नष्‍ट हुनु” को अर्थ सामान्यतयाः कुनै हिंसा वा अरु विपतिको कारणले मर्नु वा विनाश हुनु हो । विशेष गरी नयाँ करारमा,  यसको अर्थ  परमेश्‍वरका मानिसहरूबाट हराएको वा अलग गरिएको भन्‍ने बुझिन्‍छ।

"नष्‍ट" को आत्‍मिक अर्थः

  • मानिसहरू जो "नाश हुँदैछन्" तिनीहरू हुन् जसले आफ्‍नो मुक्‍तिको लागि येशूमा भरोसा गर्न अस्‍विकार गरेका छन्।
  • "नाष्‍ट" हुनेहरू स्‍वर्गमा परमेश्‍वरसँग अन्‍तसम्‍म बाँच्‍ने धेनन्। बरू, परमेश्‍वरको दण्‍डमा तिनीहरू अनन्‍तसम्‍म नरकमा रहनेछन्।
  • सबैजना शारीरिक रूपमा मर्नेछन्, तर आफ्‍नो मुक्‍तिको लागि येशूमा भरोसा नगर्नेहरू मात्र अनन्‍तको लागि नाश हुनेछन्।
  • जा "नष्‍ट" आत्‍मिकि अर्थमा  प्रयोग गरिन्‍छ, निश्‍चित गर्नुहोस् कि तपाईको अनुवादले यसलाई शारीरिक रूपमा मर्नु भन्‍दा फरक रूपमा व्‍यक्‍त गर्दछ।

अनुवादका निम्ति सुझावहरुः

  • सन्दर्भअनुसार यो शब्दलाई अनुवाद गर्ने तरिकाहरूमा “अनन्त रूपमा मर्नु” वा “नरकमा दण्ड दिइनु” वा “विनाश हुनु” पर्छन् ।
  • “नष्‍ट हुनु” लाई अनुवाद गर्दा यसको अर्थ “अस्तित्वमा रहन छोड्नु” मात्र होइन, अनन्त रूपमा नरकमा रहनु हो भन्‍ने कुरालाई ख्याल गर्नुहोस् ।

(हेर्नुहोस्ः मृत्यु, अनन्तता)

बाइबलका खण्डहरूः

  • १ पत्रुस ०१:२२-२३
  • १ कोरिन्थी ०२:१६-१७
  • २ थेसलोनिकी ०२:८-१०
  • यर्मिया १८:१८-२०
  • भजनसंग्रह ०४९:१८-२०
  • जकरिया ०९:५-७
  • जकरिया १३:८-९

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H0006, H0007, H0008, H1478, H1820, H1826, H5486, H5595, H6544, H8045, G05990, G06220, G06840, G08530, G13110, G27040, G48810, G53560