ne_tw/bible/kt/nazirite.md

3.0 KiB

नाजिरी, नाजिरी शपथ

परिभाषा:

नाजिरी त्यो मानिस हो जसले नाजिरी शपथ लिएको हुन्छ । एउटा महिलाले पनि शपथ लिन सक्दथी ।

  • नाजिरी शपथमा प्राय गरेर अंगुरबाट बनेको खाने वा पिउने कुराबाट टाढा रहनुपर्ने भएको, र केहि दिन, हप्‍ता वा महिना आफ्नो कपाल काट्न नपाइने जस्ता कुराहरू समावेश हुन्थ्यो । तिनीहरूलाई मरेका व्‍यक्‍तिहरूको नजिक जानलाई प्रबन्ध लगाइएको हुन्थ्यो ।
  • त्यो भाकल गरिएको समय बितिसकेपछि र त्यो सपथ पूरा भएपछि, नाजिरीहरू पूजाहारीकहाँ गएर भेटी दिन्थे । तिनीहरूले त्यहाँ गएर आफ्नो कपाल काट्ने र जलाउने काम पनि गर्थे । र अरू सबै प्रतिबन्धहरू हटाइन्थे ।
  • सिमसोन पुरानो नियममा नाजिरी शपथको लागी धेरै नै प्रचलित छन् ।
  • बप्‍तिष्मा दिने यहुन्‍नाको ज्‍मको घोषणा गर्ने स्‍वर्गदूतले जकरीयालाई बताए कि उनको छोराले कडा दाखमध पिउने छेनन्, जसले यूहन्‍नाले पनि आफ्नो जीवन-कालमा नाजिरी शपथ लिएको संकेत गर्न सक्दछ ।
  • प्रेरितको पुस्‍तकको एउटा खण्‍ड अनुसार प्रेरित पावलले एनि एक पटक यो वाचा लिएको हुन सक्‍छ।

(​अनुवादका लागि सुझावहरूः अनुवादका नामहरू)

(हेर्नुहोस्ः बप्‍तिष्मा दिने यहुन्‍ना, बलिदान, शिमशोन, प्रतिज्ञा, जकरीया (पुरानो नियम))

बाइबलका सन्दर्भहरूः

  • प्रेरित १८ः१८-१९
  • आमोस २ः११-१२
  • न्‍यायकर्ताहरू १३ः५
  • गन्‍ती ६ः१-४

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H5139