ne_tw/bible/kt/love.md

12 KiB

प्रेम

परिभाषा:

कसैलाई प्रेम गर्नु भनेको उक्त व्‍यक्‍तिलाई वास्ता गर्नु तथा उसलाई फाइदा हुने काम गर्नु हो । “प्रेम” को निम्ति विभिन्‍न शब्दहरू प्रयोग गरी विभिन्‍न भाषामा अभिव्‍यक्‍ति गरिन्छ ।

१. परमेश्‍वरबाट आउने प्रेम भनेको अरूको भलाइमा केन्द्रित हुन्छ र त्यो वास्तवमा आफ्नो भलाइको निम्ति नभए तापनि देखाइने गरिन्छ । यस किसिमको प्रेमले अरूको वास्ता गर्छ, चाहे उनीहरूले जेसुकै किन नगरुन । परमेश्‍वरस्वयम नै प्रेम हुनुहुन्छ र साँचो प्रेमको स्रोत पनि ।

  • येशूले यो किसिमको प्रेम हामीलाई देखाउनुभयो जसको निम्ति हामीलाई पाप तथा मृत्युबाट बचाउनको लागि उहाँले आफ्नो जीवन बलिदान दिनुभयो । त्यसरी नै उहाँले अरूलाई बलिदानपूर्ण तरिकाले प्रेम गर्न सिकाउनुभयो ।
  • जब मानिसहरूले अरूलाई यस प्रकारको प्रेम गर्छन्, तब यसले त्यो किसिमको क्रियाकलापलाई देखाइरहेको हुन्छ जसमा अरूको भलाई तथा विकास समावेश हुने गर्दछ । यस किसिमको प्रेममा विशेष गरी अरूलाई क्षमा दिइने कुरा समावेश हुन्छ ।
  • यूएलबीमा अनुवाद नोटमा भिन्‍न तरिकामा अर्थ नदिइएमा, “प्रेम” भन्‍ने शब्दले परमेश्‍वरद्वारा देखाइने यस किसिमको बलिदानपूर्ण कार्यलाई संकेत गर्दछ ।

२. नयाँ नियममा भएको अर्को शब्दले भातृप्रेम वा साथीहरू वा परिवारको सदस्यलाई गरिने प्रेमलाई संकेत गर्छ ।

  • योचाहिँ साथीहरू वा आफन्त बीचको स्वभाविक प्रेम हो ।
  • यस किसिमको प्रेमलाई “भोजको उत्कृष्‍ट आसनमा उनीहरू बस्‍न मन पराउँछन्,” भन्‍ने प्रसंगमा पनि प्रयोग गरिन्छ । यसको अर्थ उनीहरूलाई त्यो मनपर्छ वा त्यसो गर्न प्राथमिकता दिन्छन् भनिएको हो ।

३. “प्रेम” भन्‍ने शब्दले पुरुष तथा स्‍त्री बीचको रोमाञ्‍चकारी प्रेमलाई पनि बुझाउन सक्छ ।

अनुवादका लागि सुझावहरूः

  • अनुवाद नोटमा अन्य कुरा सुचित नगरेसम्म, यूबिएलमा भएको “प्रेम” भन्‍ने शब्दले परमेश्‍वरबाट आउने बलिदानपूर्ण प्रेमलाई संकेत गर्दछ ।
  • कतिपय भाषाहरूमा मानिसहरूका निम्ति देखाइने परमेश्‍वरको निस्वार्थ, वलिदानयुक्त प्रेमलाई जनाउने विशेष शब्द पनि हुन सक्छ । यसलाई निम्‍न तरिकाले अनुवाद गर्न सकिन्छः “भक्तिपूर्ण, विश्‍वसनीय वास्ता,” वा “निस्वार्थ वास्ता गर्नु,” वा “परमेश्‍वरबाट प्रेम ।” परमेश्‍वरको प्रेमलाई अभिव्यक्त गर्नको लागि प्रयोग हुने शब्दमा अरूको भलाईको निम्ति आफ्ना इच्छाहरू त्याग्‍न तयार रहेको तथा उनीहरूले जे गरे तापनि प्रेम गर्नेजस्ता कुरा अभिव्‍यक्‍ति गर्ने शब्दहरू समावेश गर्न पक्‍का गर्नुहोस् ।
  • कहिलेकाहीँ अंग्रेजी शब्द “प्रेम” ले आफ्ना साथीहरू तथा आफन्तहरूलाई गहिरो वास्ता गर्ने कुरालाई वर्णन गर्दछ । कतिपय भाषामा, “अति नै माया गर्ने,” वा “वास्ता गर्ने “वा “गहिरो प्रेम भएको” भन्‍ने शब्दहरू वा वाक्यांशहरू पनि प्रयोग गरिन्छ ।
  • कुनै कुरा वा क्रियाकलापलाई अति नै मन पराएको वा प्राथमिकता दिएको कुरा अभिव्यक्त गर्ने प्रसंगमा भने, “अति नै प्राथमिकता दिइएको,” वा “अति नै मन पराएको,” वा “अति नै चाहा गरेको” भनि अनुवाद गर्न सकिन्छ ।
  • कतिपय भाषामाहरूमा, पति र पत्‍नीबीचको रोमाञ्‍चकारी वा यौनसम्बन्धी प्रेमलई संकेत गर्न फरक किसिमका शब्दहरू प्रयोग गर्ने गरिन्छ ।
  • धेरै भाषाहरूमा, “प्रेम” लाई एउटा कार्यको रूपमा अभिव्यक्त गरिन्छ । उदाहरणको लागि, “प्रेम धैर्य हुन्छ वा दयालु हुन्छ” भन्‍ने वाक्यलाई “जब कसैले अरूलाई प्रेम गरेको छ भने, उसले त्यसलाई दया देखाउँछ र ऊ प्रति धैर्य धारण गर्छ” भनेर अनुवाद गर्न सकिन्छ ।

(हेर्नुहोस्ः करार, मृत्‍यु, बलिदान, बचाउ, पाप)

बाइबलका सन्दर्भहरूः

  • १ कोरिन्‍थी १३ः७
  • १ यहून्‍ना ३ः२
  • १ थेसलोनिकी ४ः१०
  • गलाती ५ः२३
  • उत्‍पत्ति २९ः१८
  • यशैया ५६ः६
  • यर्मिया २ः२
  • यूहन्‍ना ३ः१६
  • मत्ति १०ः३७
  • नहेम्‍याह ९ः३२-३४
  • फिलिप्‍पी १ः९
  • श्रेष्‍ठगीत १ः२

बाइबलीय घटनाहरूबाट उदाहरणहरूः

  • २७ः२ कानूनका त्यस दक्ष मानिसले उत्तर दिए, “परमप्रभु आफ्ना परमेश्‍वरलाई सारा हृदय, प्राण, शक्ति र समझले प्रेम गर्नु । र आफ्नो छिमेकीलाई आफैँलाई झैँ प्रेम गर्नु ।”
  • ३३ः८ “काँडे जमीन त्यो मानिस हो जसले परमेश्‍वरको वचन सुन्छ, तर, समय बित्दै जाँदा, उसको जीवनका अरू फिक्रीहरू, धन र आनन्दहरूले परमेश्‍वर प्रतिको उसको प्रेमलाई निस्सासिदिन्छ ।”
  • ३६ः५ जब पत्रुस कुरा गर्दै थिए, तब एउटा चमकिलो बादल उनीहरूको माथि आयो र बादल बाट यस्तो एउटा आवाज आयो, “उनी मेरा पुत्र हुन् जसलाई म प्रेम गर्छु ।”
  • ३९ः१० “सत्यलाई प्रेम गर्नेले मलाई सुन्दछ ।”
  • ४७ः१ उनले (लिडियाले) परमेश्‍वरलाई प्रेम गरिन् र उनको आराधना गरिन् ।
  • ४८ः१ जब परमेश्‍वरले यस संसारलाई बनाउनुभयो, सबै कुरा उत्तम थियो । त्यहाँ पाप थिएन । आदम र हावाले एक अर्कालाई प्रेम गर्थे, र तिनीहरूले परमेश्‍वरलाई प्रेम गर्थे ।
  • ४९ः३ वहाँले (येशूले) हामीले आफैलाई जसरी प्रेम गर्छौं, अरू मानिसलाई पनि त्यसरी नै प्रेम गर्नुपर्छ भनेर सिकाउनुभयो ।
  • ४९ः४ वहाँले (येशूले) हामीले हाम्रो धन र अरू सबै कुरा भन्दा बढी परमेश्‍वरलाई प्रेम गर्नुपर्छ भनेर पनि सिकाउनुभयो ।
  • ४९ः७ परमेश्‍वरले पापीलाई धेरै माया गर्नुहुन्छ भनेर सिकाउनुभयो ।
  • ४९ः९ परमेश्‍वरले यस संसारमा सबैलाई धेरै प्रेम गर्नुभयो र वहाँको एकमात्र पुत्र दिनुभयो ताकि वहाँमा विश्‍वास गर्ने कोहिले पनि त्यसको पापको निम्ति दण्ड पाउनेछैन, तर त्यो परमेश्‍वरसंग सदाको निम्ति रहने छ ।
  • ४९ः१३ परमेश्‍वरले तिमीहरूलाई प्रेम गर्नुहुन्छ र तिमीहरूले येशूमा विश्‍वास गरेर वहाँसंग नजीकको सम्बन्ध राखेको वहाँ चाहनुहुन्छ ।

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H0157, H0158, H0159, H0160, H2245, H2617, H2836, H3039, H4261, H5689, H5690, H5691, H7355, H7356, H7453, H7474, G00250, G00260, G53600, G53610, G53620, G53630, G53650, G53670, G53680, G53690, G53770, G53810, G53820, G53830, G53880