ne_tw/bible/kt/lament.md

2.0 KiB

विलाप गर्नु, विलाप

परिभाषा:

“विलाप गर्नु,” वा “विलाप” ले विलाप, पीडा वा दुःखको कठोर अभिव्‍यक्‍तिलाई सङ्केत गर्दछ ।

  • कहिलेकाहीँ यसले पापको निम्ति गहिरो पछुतो वा विपत्तिलाई अनुभव गरेका मानिसहरूप्रति देखाइने दयालाई सङ्केत गर्छ ।
  • विलापमा क्रन्दन, रुनु वा वेदना प्रकट गर्नुजस्ता कुरा समावेश हुन सक्छन् ।

अनुवाद सुझावहरू

  • “विलाप गर्नु” भन्‍ने शब्दलाई “गहिरो वेदना” वा “पीडामा रुनु,” वा “दुःखित हुनु” भनि अनुवाद गर्न सकिन्छ ।
  • “विलाप” (वा “विलाप गर्नु” ) लाई “ठुलो क्रन्दन वा रोदन” वा “गहिरो शोक” वा “शोकपूर्ण रोदन” वा “शोकपूर्ण विलाप” भनेर अनुवाद गर्न सकिन्छ ।

बाइबलका सन्दर्भहरूः

  • आमोस ८ः९-१०
  • इजकिएल  ३२ः१-२
  • यर्मिया २२ः१८
  • अय्‍यूब २७ः१५-१७
  • विलाप २ः५
  • विलाप २ः८
  • मिका २ः४
  • भजनसंग्रह १०२ः१-२
  • जकरीया ११ः२

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H0056, H0421, H0578, H0592, H1058, H4553, H5091, H5092, H5594, H6088, H6969, H7015, H8567, G23540, G23550, G28700, G28750