ne_tw/bible/kt/intercede.md

3.3 KiB

अन्तरबिन्ती गर्नु, अन्तरबिन्ती

परिभाषा:

शब्दहरू “अन्तरबिन्ती गर्नु” र “अन्तरबिन्ती” ले अर्को व्यक्‍तिको पक्षमा कसैलाई अनुरोध गर्ने कुरोलाई जनाउँछन् । बाइबलमा यसले साधारणतया अरू मानिसहरूको निम्ति गरिने प्रार्थनालाई जनाउँछ ।

  • अभिव्यक्‍तिहरू “को लागि अन्तरबिन्ती गर्नु” र “को लागि अन्तरबिन्ती चढाउनु” को अर्थ हुन्छ‒ अरू मानिसहरूको पक्षमा परमेश्‍वरलाई अनुरोध गर्नु ।
  • बाइबलले सिकाउँछ, कि पवित्र आत्माले हाम्रो लागि अन्तरबिन्ती चढाउनुहुन्छ । यसको अर्थ हुन्छ, कि उहाँले हाम्रा निम्ति परमेश्‍वरलाई प्रार्थना गर्नुहुन्छ ।
  • अधिकारमा भएको कुनै व्यक्‍तिलाई अनुरोध गरी एउटा व्यक्‍तिले अरू मानिसहरूका लागि अन्तरबिन्ती गर्छ ।

अनुवादका लागि सुझावहरूः

  • “अन्तरबिन्ती गर्नु” लाई “बिन्ती गर्नु” वा “(कसैको लागि) केही गरिदिन निवेदन गर्नु” भनी अनुवाद गर्न सकिन्छ ।
  • नाम “अन्तरबिन्ती” लाई “निवेदन” वा “अनुरोध” वा “जरुरी प्रार्थना” भनी अनुवाद गर्न सकिन्छ ।
  • पदावली “को लागि अन्तरबिन्ती गर्नु” लाई “को फाइदाको लागि अनुरोध गर्नु” वा “को पक्षमा निवेदन गर्नु” वा “सहायताको लागि परमेश्‍वरलाई अनुरोध गर्नु” वा “(कसैलाई) आशिष्को लागि परमेश्‍वरलाई निवेदन गर्नु” भनी अनुवाद गर्न सकिन्छ ।

(हेर्नुहोस्ः प्रार्थना गर्नु, प्रार्थना)

बाइबलका सन्दर्भहरूः

  • हिब्रू ०७:२५-२६
  • यशैया ५३:१२
  • यर्मिया २९:६-७
  • रोमी ०८:२६-२७
  • रोमी ०८:३३-३४

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H6293, G17830, G17930, G52410