ne_tw/bible/kt/imageofgod.md

29 lines
4.0 KiB
Markdown
Raw Permalink Blame History

This file contains invisible Unicode characters

This file contains invisible Unicode characters that are indistinguishable to humans but may be processed differently by a computer. If you think that this is intentional, you can safely ignore this warning. Use the Escape button to reveal them.

# परमेश्‍वरको स्वरूप, स्वरूप
## परिभाषा:
“स्वरूप” शब्दले चरित्र वा सारमा उस्तै देखिने कुरोलाई जनाउँछ । सन्दर्भमा आधारित रहेर पदावली “परमेश्‍वरको स्वरूप” लाई विभिन्‍न तरिकाले प्रयोग गरिएको छ ।
* समयको आरम्भमा परमेश्‍वरले मानव-जातिलाई “आफ्नै स्वरूपमा” अर्थात् “उहाँकै प्रतिरूपमा” सृष्‍टि गर्नुभयो । यसको अर्थ हुन्छ, कि मानिसहरूसित केही यस्ता चरित्रहरू छन् जसले परमेश्‍वरको स्वरूपको प्रतिबिम्बित गर्छन्, जस्तैः भावनाको महसुस गर्ने क्षमता, तर्क र सञ्‍चार गर्ने क्षमता र अनन्तसम्म बाँचिरहने आत्मा ।
* बाइबलले सिकाउँछ कि परमेश्‍वरका पुत्र येशू “परमेश्‍वरको स्वरूप” हुनुहुन्छ, जसको अर्थ हुन्छ उहाँ आफै नै परमेश्‍वर हुनुहुन्छ । मानव-जातिको विपरीत येशू सृष्‍टि गरिनुभएन । अनन्तकाल देखि नै पुत्र परमेश्‍वरमा सबै ईश्‍वरीय गुणहरू छन्, किनकि पिता परमेश्‍वरमा जस्तै उहाँमा उही सार तत्त्व छ ।
## अनुवादका लागि सुझावहरूः
* “परमेश्‍वरको स्वरूप” ले येशूलाई जनाउँदा यसलाई “परमेश्‍वरको वास्तविक प्रतिरूप” वा “परमेश्‍वरजस्तै सार तत्त्व” वा “परमेश्‍वरजस्तै अस्तित्व” भनी अनुवाद गर्न सकिन्छ ।
* वाक्यांश “परमेश्‍वरले तिनीहरूलाई आफ्नै स्वरूपमा सृष्‍टि गर्नुभयो” ले मानव-जातिलाई उल्लेख गर्दा यस वाक्यांशलाई “परमेश्‍वरले तिनीहरूलाई उहाँजस्तै हुन सृष्‍टि गर्नुभयो” वा “परमेश्‍वरले आफूसित भएका गुणहरूसहित तिनीहरूलाई सृष्‍टि गर्नुभयो” भनी अनुवाद गर्न सकिन्छ ।
(हेर्नुहोस्ः स्वरूप, खोपिएको प्रतिमा, खोपिएको चित्र, धातुको चित्र, परमेश्‍वरका पुत्र, पुत्र येशू, पुत्र)
## बाइबलका सन्दर्भहरूः
* २ कोरिन्थी ०४:३-४
* कलस्सी ०३:९-११
* उत्पत्ति ०१:२६-२७
* उत्पत्ति ०९:५-७
* याकूब ०३:९-१०
* रोमी ०८:२८-३०
## शब्‍द तथ्‍याङ्‍क:
* स्‍ट्रोंग्‍स: H4541, H1544, H2553, H6456, H6459, H6754, H6816, H8403, G05040, G01790