ne_tw/bible/kt/iamyahweh.md

6.8 KiB

म यहोवा हुँ

तथ्‍यहरू

"म यहोवा हुँ" भनाइलाई आदेश, ऐतिहासिक घटना, प्रतिज्ञा, वा भविष्‍यवाणि जुनचाहिँ विशेष रूपमा महत्‍वपूर्ण छ, जुनचाहिँ यहोवाको शक्‍तिद्वारा भएको हो वा जुनचाहिँ जस्‍तोसुकै परिस्‍थितिको बाबजुत पनि हुने कुराको रूपमा चिन्‍ह लगाउन प्रयोग गरिन्‍छ। यो निश्‍चितता चाहिँ सर्वशक्‍तिमान जसले सबै कुरामा शासन गर्नुहुन्‍छ, उहाँको चरित्र र शक्‍तिमा आधारित छ। साथै, कथन यहोवाको जनहरूलाई उहाँ को हुनुहुन्‍छ र उहाँको नामको अर्थ बुझाउन प्रयोग गरिन्‍छ। उहाँको आदेशमा  ऐतिहासिक घटना, प्रतिज्ञा, वा भविष्‍यवाणिलाई प्रतिबिम्‍वित गर्दै जादा श्रोताले यहोवा को हुनुहुन्‍छ भनेर अझ बढि बुझ्‍नेछ। लेवि ११ः४४-४५ ले यो स्‍पष्‍ट गर्दछ कि पपवित्रताको नियम पालना गरेर, मानिस यहोवा जस्तै पवित्र हुनेछ। त्‍यहाँ चार प्राथमिक तरिका वा रूपहरू छन् जसमा यो कथन हुन्‍छः

१. "म परमप्रभु हुँ" वा "म परमप्रभु तिमिहरुका परमेश्‍वर हुँ" भनेर

२.भनाईको रूपमा, (कसैले) थाहाँ पाउनेछन् कि न यहोवा हुँ (प्रायः "जब (मकेहि गर्छु)" पछि)। यो सबैबन्‍दा सामान्‍य प्रयोग हो।

३.उदहारणद्वारा, उसले के गर्न गईरहेको छ वा गरेको छ जसले उसको चरित्र र शक्‍तलाई प्रमाणित गर्दछ।

४. एक विशेषता द्वारा देखाइएको

यि प्रयोगहरू संयोजन गर्न सकिन्‍छ, जस्‍तै लेवि १९ः२, १९ः३६ र २०ः२४

अनुवादका लागि सुझावहरूः

  • सकेसम्‍म, यो कथनलाई शाब्‍दिकरूपमा अनुवाद गर। यो सम्‍भनतः माथिको दोस्रो र तेस्रो रूपहरूको लागि गाह्रो हुनेछैन।
  • इजकिएल २०ः५ र हिब्रू ६ः१३ ले कम्‍तिमा केहि उदाहरणहरूमा (उत्‍पत्ति २८ः१३, प्रस्‍थान ६ः२, ६ः६, ६ः८, आदि) संकेत गर्छ।"म यहोवा हुँ" लाई शपथको शुत्रको रूपमा हेर्नुपर्छ। यि उदाहरणहरूमा (मुख्‍यरूपमा माथिको एउटा रूप) तपाईले आफ्‍नो व्‍याख्‍यात्‍मक टिप्‍पनी समावेश गर्न आवश्‍यक पर्दछ।
  • यदि यहोवाले प्रतिज्ञा गरिरहनुभएको छ भने, तपाई यसलाई स्‍पष्‍ट रूपमा बताउन आवश्‍यक पर्छ, उदाहरण प्रयोग गरेर" "म यहोवा हुँ जसले तिमिलाई शपथ दिदछुँ"
  • लेविमा विशेष गरी, कथन धेरै आज्ञाहरूसँग जोडिएको देखिन्‍छर तपाईले यसलाई कथनसँग स्‍पष्‍ट बनाउन आवश्‍यक पर्छ, जस्‍तैः "म यो आज्ञा दिने परमोप्रभु हुँ।" तपाईले थोरै लामो कथन पनि प्रयोग गर्न सक्‍नुहुन्‍छ, जस्‍तैः "म यहोवा हुँ, र म तिमिलाई यो शपथद्वारा बाँध्‍छु।" यधपि, यो लामो कथन कठिन हुन सक्‍छ, त्‍यसैले तपाईले यसलाई पहिलो (र सम्‍भवतः अन्‍तिम) पटक प्रयोग गर्न सक्‍नुहुन्‍छ जुन "म यहोवा हुँ" श्रङ्खलामा हुन्‍छ।
  • केहि भाषाहरूले यहोवाको सट्टा "परमप्रभु" प्रयोग गर्नेछन्; थपको जानकारीको लागि यहोवा हेर्नुहोस्।

(हेर्नुहोस्ः प्रभु, यहोवा प्रभु, यहोवा)

बाइबलका सन्दर्भहरूः

  1. प्रस्‍थान ६ः२, ६ः६, ६ः८ १२ः१२, लेवी १८-२६ सम्‍म, गन्‍ति ३ः१३
  2. प्रस्‍थान ७ः१७, ८ः१८, १४ः४, १ राजा २०ः१३, २०ः८, इजकिएल ६ः७, ६ः१३, १२ः१५, २८ः२२
  3. प्रस्‍थान ६ः६, २०ः२, लेवी २०ः२४, एजकिएल (पुरै) ६ः७, ६ः१३, १२ः१५, १७ः२४, २०ः५-७, होशे १२ः१०, १३ः४, जकरीया १०ः६, भजनसंग्रह ८१ः११, यशैया ४४ः२४
  4. प्रस्‍थान १५ः२६, २०ः५, व्‍यवस्‍था ५ः९, यशैया ४३ः३, ४३ः१५, यर्मिया ९ः२३

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H0589, H3068, H3069, H3070, H3071, H3072, H3073, H3074, G06380, G33780