3.3 KiB
3.3 KiB
विनम्र, विनम्रता
परिभाषा:
शब्द “विनम्र” ले आफूलाई अरूभन्दा श्रेष्ठ नठान्ने व्यक्तिको बयान गर्छ । ऊ घमन्डी वा अहङ्कारी हुँदैन । विनम्रता विनम्र व्यक्तिको गुण हो ।
- परमेश्वरको सामु विनम्र हुनुको अर्थ हुन्छ‒ उहाँका महानता, बुद्धि र सिद्धताको तुलनामा हाम्रा कमजोरी र असिद्धतालाई बुझ्नु ।
- व्यक्तिले आफैलाई विनम्र पार्यो भने उसले आफैलाई कम महत्त्वको पदमा राख्छ ।
- विनम्रता भनेको आफ्नाभन्दा अरूका आवश्यकताहरूको बारेमा वास्ता गर्नु हो ।
- विनम्रताको अर्थ आफ्ना वरदान र योग्यताहरूको प्रयोग गर्दा सहज मनोवृत्तिसहित सेवा गर्नु पनि हो ।
- पदावली “विनम्र हुनुहोस्” लाई “घमन्डी नहुनुहोस्” भनेर पनि अनुवाद गर्न सकिन्छ ।
- “परमेश्वरको सामु आफैलाई विनम्र तुल्याओ” लाई “परमेश्वरको महानतालाई बुझेर आफ्नो इच्छालाई उहाँको अधीनमा ल्याओ” भनी अनुवाद गर्न सकिन्छ ।
(हेर्नुहोस्ः घमन्ड)
बाइबलका सन्दर्भहरूः
- कलस्सी ०२:१८-१९
- याकूब ०१:१९-२१
- याकूब ०३:१३-१४
- याकूब ०४:८-१०
- लूका १४:१०-११
- लूका १८:१३-१४
- मत्ती १८:४-६
- मत्ती २३:११-१२
बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः
- (१७-०२) दाऊद एक विनम्र र धर्मी मानिस थिए, जसले परमेश्वरमाथि भरोसा गर्थे र उहाँको आज्ञा मान्थे ।
- (३४-१०) “हरेक जो घमन्डी छ, परमेश्वरले त्यसलाई विनम्र तुल्याउनुहुनेछ र आफैलाई विनम्र तुल्याउनेहरूलाई उहाँले उचाल्नुहुनेछ ।”
शब्द तथ्याङ्क:
- स्ट्रोंग्स: H1792, H3665, H6031, H6035, H6038, H6041, H6800, H6819, H7511, H7807, H7812, H8213, H8214, H8215, H8217, H8467, G08580, G42360, G42390, G42400, G50110, G50120, G50130, G53910