ne_tw/bible/kt/hope.md

5.2 KiB

आशा

परिभाषा:

आधुनिक अङ्ग्रेजीमा साधारणतया “आशा” शब्दको अर्थ हुन्छ‒ कुनै कुरा हुनेछ वा हुनेछैन भनी निश्‍चित नभईकन त्यो कुरो होस् भन्‍ने इच्छा गर्नु ।

  • बाइबलमा, "आशा" शब्‍दको अर्थ "भरोसा" पनि छ, जस्‍तै "मेरो आशा प्रभुमा छ।" यसले परमेश्‍वरले आफ्‍ना जनहरूलाई प्रतिज्ञा गर्नुभएको करा प्राप्‍त गर्ने निश्‍चित आशालाई जनाँउछ।
  • तथापि युएलबीमा यसलाई साधारणतया “निश्‍चितता” भनी अनुवाद गरिएको छ। यो प्रायः नयाँ करारमा यस्‍तो परिस्‍थितिमा हुन्‍छ जहाँ मानिसहरूले परमेश्‍वरले प्रतिज्ञा गर्नुभएको कुरा प्राप्‍त गर्ने आश्‍वासनमा (वा विश्‍वास वा आशामा), येशुलाई आफ्‍नो मुक्‍तिदाताको रूपमा विश्‍वास गर्छन ।
  • “आशा नहुनु” को अर्थ हुन्छ‒ कुनै असल कुरो हुने अपेक्षा नगर्नु । यसको मतलब यो वास्‍तवमा धेरै निश्‍चित छ कि यो हुनेछैन।

अनुवादका लागि सुझावहरूः

  • युएलबीका अधिकांश सन्दर्भहरूमा क्रियापद “आशा गर्नु” लाई “चाहनु” वा “इच्छा गर्नु” वा “अपेक्षा गर्नु” भनी अनुवाद गर्न सकिन्छ ।
  • वाक्यांश “आशा गर्नुपर्ने केही छैन” लाई “भरोसा गर्नुपर्ने केही छैन” वा “कुनै असल कुरोको कुनै आशा छैन” भनी अनुवाद गर्न सकिन्छ ।
  • “कुनै आशा नहुनु” लाई “कुनै असल कुरोको अपेक्षा नगर्नु” वा “कुनै सुरक्षा नहुनु” वा “कुनै असल कुरो हुनेछैन भन्‍ने कुरो पक्‍का हुनु” भनी अनुवाद गर्न सकिन्छ ।
  • "आफ्‍नो आशा राखेको छ" भन्‍ने अभिव्‍यक्‍तिलाई "आफ्‍नो भरोसामा राखेको छ" वा "विश्‍वास गरेको छ" भनि अनुवाद गर्न सकिन्‍छ।
  • "म तपाईको वचनमा आशा पाउँछु" भन्‍ने वाक्‍यांशलाई "तपाईको वचन सत्‍य छ भनि म विश्‍वस्‍त छु" वा " तपाईको वचनले मलाई तपाईमा भरोसा गर्न मदत गर्छ" वा "जब म तपाईको वचन पालन गर्छु, म आशिष पाउछुँ भनेर अनुवाद गर्न सकिन्‍छ। "
  • "परमेश्‍वरमा आशा" जस्‍ता वाक्‍यांशहरू पनि यसरी अनुवाद गर्न सकिन्‍छ, "परमेश्‍वरमा भरोसा राख्‍नु" वा "निश्‍चित रूपमा जान्‍नु कि परमेश्‍वरले उहाँले प्रतिज्ञा गर्नुभएको कुरा गर्नुहुनेछ" वा "परमेश्‍वर विश्‍वासयोग्‍य हुनुहुन्‍छ भनेर निश्‍चित हुनु।"

(हेर्नुहोस्ः आशिष, निश्‍चितता, असल, आज्ञाकारी, भरोसा, परमेश्‍वरको वचन)

बाइबलका सन्दर्भहरूः

  • १ इतिहास २९:१४-१५
  • १ थेसलोनिकी ०२:१९
  • प्रेरित २४:१४-१६
  • प्रेरित २६:६
  • प्रेरित २७:२०
  • कलस्‍सी १ः५
  • अय्यूब ११:२०

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H0982, H0983, H0986, H2620, H2976, H3175, H3176, H3689, H4009, H4268, H4723, H7663, H7664, H8431, H8615, G00910, G05600, G16790, G16800, G20700