ne_tw/bible/kt/honor.md

3.4 KiB

आदर, आदर गर्नु

परिभाषा:

शब्दहरू “आदर” र “आदर गर्नु” ले कसैलाई सम्मान, इज्जत वा प्रतिष्‍ठा दिनु भनी उल्लेख गर्छन् ।

  • साधारणतया उच्‍चतर सामाजिक स्तर र महत्त्व बोकेको व्‍यक्‍तिलाई आदर गरिन्छ, जस्तैः राजा वा परमेश्‍वरलाई ।
  • ख्रीष्‍टियानहरूले अरूको आदर गर्नुपर्छ, तर आफ्नै आदर भने खोज्‍नुहुन्‍न भनी परमेश्‍वर निर्देशन दिनुहुन्छ ।
  • छोरा छोरीहरूलाई बुबा आमाको आदर गर्न निर्देशन दिइएको छ, जसमा सम्मान र आज्ञाकारिता पर्छन् ।
  • खास गरी येशूको उल्लेख गरिँदा “आदर” र “महिमा” अक्सर सँगसँगै प्रयोग गरिन्छन् । यी उही कुरोलाई जनाउने दुईवटा फरक तरिका हुन सक्छन् ।
  • परमेश्‍वरलाई चढाइने आदरमा धन्यवाद र प्रशंसा अनि उहाँप्रति आज्ञाकारी भएर उहाँलाई दिइने सम्मानसाथै उहाँ कति महान् हुनुहुन्छ भनी जिउने तरिका पर्छन् ।

अनुवादका लागि सुझावहरूः

  • “आदर” लाई “सम्मान” वा “इज्जत” वा “उच्‍च प्रतिष्‍ठा” भनेर पनि अनुवाद गर्न सकिन्छ ।
  • क्रियापद “आदर गर्नु” लाई “… लाई विशेष सम्मान गर्नु” वा “प्रशंसा गर्नु” वा “उच्‍च इज्जत दिनु” वा “अत्यधिक मूल्यवान् ठान्‍नु” भनेर पनि अनुवाद गर्न सकिन्छ ।

(हेर्नुहोस्ः अनादर, अनादरयोग्य, महिमा, महिमित, महिमा गर्नु, प्रशंसा गर्नु, अन्य)

बाइबलका सन्दर्भहरूः

  • १ शामूएल २ः८
  • प्रेरित १९:१७
  • यूहन्‍ना ४ः४४
  • यूहन्‍ना १२ः२६
  • मर्कूस ०६:४
  • मत्ती १५:६

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H1420, H1921, H1922, H1923, H1926, H1927, H1935, H2082, H2142, H3366, H3367, H3368, H3372, H3373, H3374, H3444, H3513, H3519, H3655, H3678, H5081, H5375, H5457, H6213, H6286, H6437, H6942, H6944, H6965, H7236, H7613, H7812, H8597, H8416, G08200, G13910, G13920, G17840, G21510, G25700, G31700, G44110, G45860, G50910, G50920, G50930, G53990