ne_tw/bible/kt/holyone.md

2.8 KiB

पवित्र जन

परिभाषा:

बाइबलमा पदावली “पवित्र जन” प्रायः सधैँ परमेश्‍वरलाई जनाउने पद हो ।

  • पुरानो करारमा यो पद “इस्राएलका पवित्र जन” भन्‍ने पदावलीमा अक्सर प्रयुक्‍त हुन्छ ।
  • नयाँ करारमा येशूलाई पनि “पवित्र जन” को रूपमा उल्लेख गरिएको छ ।
  • बाइबलमा कहिले काहीँ स्वर्गदूतलाई जनाउन पनि पदावली “पवित्र जन” को प्रयोग गरिएको छ ।

अनुवादका लागि सुझावहरूः

  • शाब्दिक शब्द “पवित्र” हो ( “जन” अङ्कित गरिएको हो) । धेरै भाषाहरू (जस्तैः अङ्ग्रेजी) ले यसलाई समावेश गरिएको अङ्कित नामसहित (जस्तैः “जन” वा “परमेश्‍वर” ) अनुवाद गर्नेछन् ।
  • यसलाई “परमेश्‍वर जो पवित्र हुनुहुन्छ” वा “अलग गरिनुभएका जन” भनी अनुवाद गर्न सकिन्छ ।
  • पदावली “इस्राएलका पवित्र जन” लाई “इस्राएलले पूज्‍ने पवित्र परमेश्‍वर” वा “इस्राएलमाथि शासन गर्नुहुने पवित्र जन” भनी अनुवाद गर्न सकिन्छ ।
  • शब्द “पवित्र” लाई अनुवाद गर्न जुन शब्द वा पदावलीको प्रयोग गरिन्छ, त्यही शब्दको प्रयोग गरेर यसलाई अनुवाद गर्नु उत्तम हुन्छ ।

(पवित्र, पवित्रता, परमेश्‍वर)

बाइबलका सन्दर्भहरूः

  • १ यूहन्‍ना ०२:२०-२१
  • २ राजा १९:२०-२२
  • प्रेरित ०२:२७-२८
  • प्रेरित ०३:१३-१४
  • यशैया ०५:१५-१७
  • यशैया ४१:१४-१५
  • लूका ०४:३३-३४

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H2623, H0376, H6918, G00400, G37410