ne_tw/bible/kt/grace.md

3.6 KiB

अनुग्रह, अनुग्रहमय

परिभाषा:

“अनुग्रह” शब्दले कसैलाई दिइने सहायता वा आशिष्लाई जनाउँछ जुन ऊ आफैले कमाएको हुँदैन । “अनुग्रहमय” शब्दले अरूहरूप्रति अनुग्रह देखाउने व्यक्‍तिको बयान गर्छ ।

  • पापिष्‍ठ मानव-जातिप्रति परमेश्‍वरको अनुग्रह सित्तैँमा दिइएको उपहार हो ।
  • अनुग्रहको अवधारणाले गल्ती गरेको व्यक्‍ति वा चोट पुर्‍याएको व्यक्‍तिप्रति गरिने दया वा क्षमालाई पनि जनाउँछ ।
  • पदावली “अनुग्रह पाउनु” एउटा टुक्‍का हो जसको अर्थ हुन्छ‒ परमेश्‍वरबाट सहायता र कृपा पाउनु । यसमा अक्सर त्यस्तो अर्थ हुन्छ जसमा परमेश्‍वर त्यस व्यक्‍तिप्रति खुसी हुनुहुन्छ र उसलाई सहायता गर्नुहुन्छ ।

अनुवादका लागि सुझावहरूः

  • “अनुग्रह” लाई अनुवाद गर्ने अन्य तरिकाहरूमा “ईश्‍वरीय दया” वा “परमेश्‍वरको स्‍नेह” वा “पापीहरूका लागि परमेश्‍वरको दया र क्षमा” वा “कृपावान् दया” पर्छन् ।
  • “अनुग्रहमय” शब्दलाई “अनुग्रहले भरिपूर्ण” वा “दयालु” वा “कृपालु” वा “कृपा गरेर दयालु” भनी अनुवाद गर्न सकिन्छ ।
  • टुक्‍का “उसले परमेश्‍वरको दृष्‍टिमा अनुग्रह पायो” लाई “उसले परमेश्‍वरबाट कृपा पायो” वा “परमेश्‍वरले कृपा गरेर उसलाई सहायता गर्नुभयो” वा “परमेश्‍वरले उसलाई आफ्ना स्‍नेह देखाउनुभयो” वा “परमेश्‍वर उसबाट खुसी हुनुभयो र उसलाई मदत गर्नुभयो” भनी अनुवाद गर्न सकिन्छ ।

बाइबलका सन्दर्भहरूः

  • प्रेरित ०४:३२-३३
  • प्रेरित ०६:८-९
  • प्रेरित १४:३-४
  • कलस्सी ०४:५-६
  • कलस्सी ०४:१८
  • उत्पत्ति ४३:२८-२९
  • याकूब ०४:६-७
  • यूहन्‍ना ०१:१६-१८
  • फिलिप्पी ०४:२१-२३
  • प्रकाश २२:२०-२१

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H2580, H2587, H2589, H2603, H8467, G21430, G54850, G55430