ne_tw/bible/kt/godly.md

6.4 KiB

ईश्‍वरीय, ईश्‍वरभक्‍ति

परिभाषा:

परमेश्‍वरलाई आदर गर्ने र परमेश्‍वर कस्तो हुनुहुन्छ भनी देखाउने तरिकाले क्रियाकलाप गर्ने व्यक्‍तिको बयान गर्न “ईश्‍वरीय” शब्दको प्रयोग गरिन्छ । परमेश्‍वरको इच्छालाई कार्यान्वयन गरी उहाँलाई आदर गर्ने गुणलाई “ईश्‍वरभक्‍ति” भनी उल्लेख गरिन्छ ।

  • ईश्‍वरीय चरित्र भएको व्यक्‍तिले प्रेम, आनन्द, शान्ति, धैर्य, दया र आत्म-संयमजस्ता पवित्र आत्माका फलहरू देखाउँछन् ।
  • ईश्‍वरभक्‍तिको योग्यता अर्थात् परमेश्‍वरलाई आदर गर्ने तरिकाले गरिने क्रियाकलाप व्यक्‍तिसित पवित्र आत्मा छ र ऊ उहाँको अधीनमा छ भन्‍ने फल वा बाहिरी साक्षी हो ।

"अधर्मि" र "भक्‍तिहिन" शब्‍दहरूले परमेश्‍वरको विरुद्धमा विद्रोह गर्ने मानिसहरूलाई वर्णन गर्छ। परमेश्‍वरको विचा नगरि दुष्‍ट मार्गमा जिउनुलाई "भक्‍तिहिनता" वा "ईश्‍वरहिनता" भनिन्‍छ।

  • यो शब्‍दहरूको अर्थ धेरै समान छन्। यधपि, "भक्‍तिहिन" र "भक्‍तिहिनता" ले अझ चरम अवस्‍थालाई वर्णन गर्न सक्‍छ जसमा मानिसहरू वा राष्‍ट्रहरूले परमेश्‍वर वा तिनिहरूमाथि शासन गर्ने उहाँको अधिकारलाई पनि स्‍विकार गर्दैनन्।
  • परमेश्‍वरले अधर्मि मानिसहरूमाथि, उहाँलाई र उहाँका मार्गहरूलाई अस्‍विकार गर्नेहरूमाथि न्‍याय र क्रोधको घोषणा गर्नुहुन्‍छ।

अनुवादका लागि सुझावहरूः

  • शब्द “ईश्‍वरभक्‍तहरू” लाई “ईश्‍वरीय मानिसहरू” वा “परमेश्‍वरको आज्ञा मान्‍ने मानिसहरू” भनी अनुवाद गर्न सकिन्छ । (हेर्नुहोस्ः नामिक विशेषण)
  • विशेषण “ईश्‍वरीय” लाई “परमेश्‍वरप्रति आज्ञाकारी” वा “धार्मिक” वा “परमेश्‍वरलाई खुसी पार्ने” भनी अनुवाद गर्न सकिन्छ ।
  • पदावली “ईश्‍वरीय चालमा” लाई “परमेश्‍वरको आज्ञा पालन गर्ने गरी” वा “परमेश्‍वरलाई खुसी पार्ने वचन र कर्महरूसहित” भनी अनुवाद गर्न सकिन्छ ।
  • “ईश्‍वरभक्‍ति” लाई “परमेश्‍वरलाई खुसी पार्ने तरिकाले गरिने क्रियाकलाप” वा “परमेश्‍वरको आज्ञा पालन गर्ने काम” वा “धार्मिक तरिकाबाट जिइने जीवन यापन” भनी अनुवाद गर्न सकिन्छ ।
  • सन्‍दर्भमा निर्भर गर्दै, "अधर्मि" शब्‍दलाई "परमेश्‍वरलाई मन नपर्ने" वा "अनैतिक" वा "परमेश्‍वरको अनाज्ञाकारी" भनि अनुवाद गर्न सकिन्‍छ।
  • शब्‍दहरू "ईश्‍वरहिन" र "ईश्‍वरहिनता" को शाब्‍दिक अर्थ मानिसहरू "परमेश्‍वरबिना" वा "परमेश्‍वरको कुनै विचार नगर्ने" वा "परमेश्‍वरलाई स्‍वीकार नगर्ने तरिकामा काम गर्ने" भन्‍ने हो।
  • "अधार्मिकता" वा "ईश्‍वरहिनता" लाई अनुवाद गर्ने अन्‍य तरिकाहरू "दुष्‍टता" वा "दुष्‍ट" वा "परमेश्‍वरको विरुद्धमा विद्रोह" हुनसक्‍छ।

(हेर्नुहोस्ः धार्मिक, ईश्‍वररहित, ईश्‍वरविहीन, ईश्‍वरविहीनता, ईश्‍वररहित अवस्था, अधार्मिकता, अधार्मिक अवस्था)

बाइबलका सन्दर्भहरूः

  • अय्‍यूब २७ः१०
  • हितोपदेशक ११ः९
  • प्रेरित ३ः१२
  • १ तिमोथी १ः९-११
  • २ तिमिथी ३ः१२
  • हिब्रु १२ः१४-१७
  • हिब्रु ११ः७
  • १ पत्रुस ४ः १८
  • यहूदा १ः१६

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H0430, H1100, H2623, H5760, H7563, G05160, G07630, G07640, G07650, G21240, G21500, G21520, G21530, G23160, G23170