ne_tw/bible/kt/fulfill.md

5.1 KiB

पुरा गर्नु

परिभाषा:

कुनै पनि आशा गरिएको कुरालाई पूर्ण गर्ने कामलाई “पुरा गर्नु” भनिन्छ ।

  • कुनै भविष्यवाणी पुरा भयो भन्‍ने कुराले अगमवाणी गरिएको कुरा परमेश्‍वरले पूरा गराउनुभयो भन्‍ने बुझिन्छ ।
  • जब कुनै मानिसले आफुले गरेको प्रतिज्ञालाई पुरा गर्छ, यसलाई उसले आफ्नो प्रतिज्ञा पुरा गर्‍यो भनिन्छ ।
  • दायित्व पुरा गर्नु भन्‍नाले दिइएको काम पुरा गर्नुलाई जनाउँछ ।

अनुवादका लागि सुझावहरूः

  • सन्‍दर्भमा निर्भर गर्दै, "पुरा गर्नु" लाई "प्राप्‍त गर्नु" वा  "पुर्ण गर्नु" वा "हुनको कारण बन्‍नु" वा "आज्ञा पालना" वा "प्रदर्शन गर्नु" को रूपमा अनुवाद गर्न सकिन्‍छ।
  • वाक्‍यांश "पूरा भएको छ" लाई "साकार भएको छ" वा "भएको छ" वा "ठाउँ लिएको छ" भनि अनुवाद गर्न सकिन्‍छ।
  • "पूरा गर्नु" लाई अनुवाद गर्ने तरिकाहरू जस्‍तै "आफ्‍नो सेवकाई पूरा गर" मा "पूर्ण" वा "प्रदर्शन" वा "अभ्‍यास वा "अरू मानिसहरूको सेवा गर जसरी परमेश्‍वरले तिमिहरूलाई बोलाउनुभएको छ" पनि समावेश गर्न सकिन्‍छ।

(हेर्नुहोस्ः अगमवक्‍ता, ख्रिष्‍ट, सेवक, बोलावट)

बाइबलका सन्दर्भहरूः

  • १ राजा २ः२७
  • प्रेरित ३ः१७-१८
  • लेविहरू २२ः१७-१९
  • लूका ४ः२१
  • मत्ति १ः२२-२३
  • मत्ति ५ः१७
  • भजनसंग्रह ११६ः१२-१५

बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः

  • २४ः४ अगम्‍वक्‍ताहरूले भनेका कुराहरू यूहन्‍नाले पुरा गरे, "हेर, म मेरो दूतलाई तिमिहरूको अघि पठाउँछु, जसले तिम्रो बाटो तयार पार्नेछ।"
  • ४०ः३ सिपाहिहरूले येशूको लुगाको लागि जुवा खेले् जब तिनिहरूले यसो गरे, तिनिहरूले एउटा भविष‍यवाणी पुरा गरे जसमा भनिएको थियो, "तिनिहरूले मेरा जुगाहरू तिनिहरूमा बिचमा बाडेँ, र मेरो लुगाको लागि चिठ्ठा हाले।"
  • ४२ः७ येशूले भन्‍नुभयो, "मैले तिमिहरूलाई भनेको थिएँ कि मेरो बारेमा परमेश्‍वरको वचनमा लेखिएका सबै कुरा पुरा हुनैपर्छ। "
  • ४३ः५ "यसले अगमवक्‍ता योएलले गरेको भविष्‍यवाणी पुरा हुन्‍छ जसमा परमेश्‍वरले भन्‍नुभयो, "अन्‍तिम दिनहरूमा म मेरो आत्‍मा खन्‍याउनेछु।"
  • ४३ः७ "यसले अगमवाणी पुरा गर्छ जसमा भनिएको छ, 'तपाईले आफ्‍नो पवित्र जनलाई चिहानमा कुहिन दिनुहुनेछैन।'"
  • ४४ः५ "तपाईले के गरिरहनु भएको थियो भनि बुझ्‍नुभएको थिएन, तर मसिहले दुःख पाउनुहुनेछ र मर्ननुहुनेछ भनि भनेको भविष्‍यवाणीहरू पुरा गर्न परमेश्‍वरले तपाईहरूको कामहरू प्रयोग गर्नुभयो।"

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H1214, H5487, G10960, G41380