ne_tw/bible/kt/forsaken.md

1.6 KiB

त्याग्‍नु, त्यागिएको

परिभाषा:

“त्याग्‍नु” भन्‍नाले कसैलाई वा कुनै कुरालाई छाड्नु भन्‍ने बुझिन्छ । “त्यागिएको” व्‍यक्‍ति भन्‍नाले अरूकोहीद्वारा एकलै छोडिएको व्‍यक्‍ति हो ।

  • जब मानिसहरूले परमेश्‍वरलाई त्याग्छन्, उनीहरूले परमेश्‍वरको आज्ञा पालना नगरेर विश्‍वासघात गर्छन् ।
  • जब परमेश्‍वरले मानिसहरूलाई त्याग्‍नुहुन्छ, उहाँले उनीहरूलाई सहायता गर्न छोड्नुहुन्छ र उनीहरूलाई आफूकहाँ फर्कने बनाउनको लागि कष्‍टमा भएर जान दिनुहुन्छ ।
  • यो शब्दले कुनै कुरा त्याग्‍नु, परमेश्‍वरका शिक्षाहरू नमान्‍नु, भन्‍ने अर्थ दिन्छ ।
  • “त्यागिएको” शब्दले भूतकालमा भएको घटनालाई जनाउँछ, उदाहरणको लागि “उसले तिमीलाई त्याग्यो” ।