ne_tw/bible/kt/forgive.md

6.8 KiB

क्षमा दिनु, क्षमा

परिभाषा:

पीडा दिने वा हानी गर्ने मानिसको विरुद्धमा कुनै किसिमको नराम्रो भावना नराख्‍नुलाई क्षमा दिनु भनिन्छ । कसैलाई क्षमा दिने कामलाई “क्षमा” भनिन्छ ।

  • कुनै व्‍यक्‍तिलाई क्षमा दिनु भन्‍नाले उसले गरेको खराबीको लागि कुनै सजाय नदीनु भन्‍ने अर्थ लाग्छ ।
  • यो शब्दको आलंकारिक अर्थ “रद्द गर्नु” पनि हुन्छ, जस्तैः “कसैको ऋण मिनाहा गर्नु” ।
  • मानिसहरुले आफ्ना पाप स्वीकार गर्दा, येशूको बलिदानपूर्ण क्रूसको मृत्युको आधारमा परमेश्‍वरले तिनीलाई क्षमा दिनुहुन्छ ।
  • जसरी येशूले आफ्ना चेलाहरूलाई क्षमा गर्नुभयो त्यसरी नै उनीहरूले अरूलाई क्षमा गर्नुपर्छ भनेर येशूले सिकाउनु भयो ।

"क्षमा" शब्‍दको अर्थ कसैलाई उसको पपको लगि क्षमा दिनु र सजाय नदिनु हो।

  • यो शब्‍दको अर्थ "क्षमा गर्नुहोस्" जस्‍तै छ तर दोषि व्‍यक्‍तिलाई सजाय नदिने औपचारिक निर्णयको अर्थ पनि समावेश हुन सक्‍छ।
  • कानूनको अदालतमा, एक न्‍यायधीशले अपराधको दोषि पाएको व्‍यक्‍तिलाई माफि दिन सक्‍छ।
  • हामि पापको दोषि भए तापनि, क्रुसमा उहाँको बलिदानको मृत्‍युको आधारमा, येशू ख्रष्‍टिले हामिलाई नरकमा दण्‍डित हुनबाट क्षमा दिनुभयो।

अनुवादका लागि सुझावहरूः

  • सन्‍दर्भमा निर्भर गर्दै, "क्षमा"लाई "माफ" वा "रद्द" वा "मुक्‍ति" वा "विरुद्द नराख" (कसैको विरुद्द) को रूपमा अनुवाद गर्न सकिन्‍छ।
  • "क्षमा" शब्‍दलाई कुनै शब्‍द वा वाक्‍यांशले अनुवाद गर्न सकिन्‍छ जसको अर्थ "नरिसाउने अभ्‍यास" वा "(कसैलाई) दोषि नभएको घोषणा गर्ने" वा "क्षमा गर्ने कार्य" हुन्‍छ।
  • यदि भाषामा औपचारिकरूपमा निर्णयको लागि क्षमा गर्ने शब्‍द छ भने, त्‍यो शब्‍द "माफि" लाई अनुवाद गर्न प्रयोग गर्न सकिन्‍छ।

(हेर्नुहोस्ः दोष)

बाइबलका सन्दर्भहरूः

  • उत्‍पत्ति ५०ः१७
  • गन्‍ती १४ः१७-१९
  • व्‍यवस्‍था २९ः२०-२१
  • यहोशू २४ः१९-२०
  • २ राजा ५ः१७-१९
  • भजनसंग्रह २५ः११
  • भजनसंग्रह २५ः१७-१९
  • यशैया ५५ः६-७
  • यशैया ४०ः२
  • लूका ५ः२१
  • प्रेरित ८ः२२
  • एफिसी ४ः३१-३२
  • कलस्‍सी ३ः१२-१४
  • १ यूहन्‍ना २ः१२

बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः

  • ७ः१० तर एसावले पहिले नै याकूबलाई क्षमा गरिसकेका थिए, र तिनिहरू एक अर्कालाई फेरि भेट्न पाउँदा खुसि थिए।
  • १३ः१५ तब मोशा फेरि पहाडमा चढे र प्रार्थना गरे कि परमेश्‍वरले मानिसहरूलाई क्षमा दिनुहुन्‍छ। परमेश्‍वरले मोशाको कुरा सुन्‍नुभयो र तिनिहरूलाई क्षमा गर्नुभयो।
  • १७ः१३ दाऊदले आफ्‍नो पापको पश्‍चताप गरे र परमेश्‍वरले उसलाई क्षमा गर्नुभयो।
  • २१ः५ नयाँ करारमा, परमेश्‍वरले मानिसहरूको हृदयमा आफ।‍नो व्‍यवस्‍था लेख्‍नुहुनेछ, मानिसहरूले परमेश्‍वरलाई व्‍यक्‍तिगत रूपमा चिन्‍नेछन्, तिनिहरू उहाँका मानिसहरू हुनेछन्, र परमेश्‍वरले तिनिहरूका पापहरू क्षमा गर्नुहुनेछ।
  • २९ः१ एक दिन पत्रुसले येशुलाई सोधे, "प्रभु, मेरो भाईले मेरो विरुद्दमा पाप गर्दा मैले कति पटक क्षमा गरुँ?"
  • २९ः८ मैले तिम्रो ऋण क्षमा गरेँ किनभने तिमिले मलाई बिन्‍ती गर्यौ।
  • ३८ः५ तब येशूले एउटा कचौरा लिनुभयो र भन्‍नुभयो, "यो पिओ। यो नयाँ करारको मेरो रगत हो जुन पापहरूको क्षमाको लागि खन्‍याइएको छ।"

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H5546, H5547, H3722, H5375, H5545, H5547, H7521, G859, G863, G5483