ne_tw/bible/kt/foolish.md

3.5 KiB

मूर्ख, बुद्धिहीन, मूर्खता

परिभाषा:

गलत निर्णय गर्ने र विशेष गरी आज्ञा पालन नगर्ने व्‍यक्‍तिलाई जनाउनको लागि “मूर्ख” शब्दको प्रयोग गरिन्छ । बुद्धिमानी व्यवहार नगर्ने मानिसलाई “बुद्धिहीन” भनिन्छ ।

  • बाइबलमा परमेश्‍वरमा विश्‍वास नगर्ने वा उहाँको आज्ञा पालना नगर्ने मानिसलाई “मूर्ख” भनेर सम्बोधन गरिएको छ । यसलाई परमेश्‍वरमा विश्‍वास गर्ने र उहाँको आज्ञा पालना गर्ने बुद्धिमानी मानिसको विपरीत अर्थ दिने शब्दको रूपमा प्रयोग गर्न सकिन्छ ।
  • बाइबलमा परमेश्‍वरमा विश्‍वास नगर्ने र उहाँले सृष्‍टि गर्नुभएका कुराहरूमा देखिने प्रमाणलाई वास्ता नगर्ने मानिसलाई मूर्ख भनिएको छ ।
  • मूर्ख मानिस कस्तो हुन्छ भनेर हितोपदेशको पुस्तकले बताउँछ ।
  • बुद्धिमानी तरिकाले नगरिएको र परमेश्‍वरको इच्छाको विपरीत हुने कार्यलाई “मूर्खता” भनिन्छ । प्रायजसो कुनै हास्यास्पद र खतरनाक कुरालाई जनाउनको लागि यो शब्दको प्रयोग गरिन्छ ।

अनुवादका लागि सुझावहरूः

  • "मूर्ख" शब्‍दलाई "मूर्ख व्‍यक्‍ति" वा "निर्वुद्दि" वा "अविवेकि व्‍यक्‍ति, वा "अधार्मिक व्‍यक्‍ति" भनेर अनुवाद गर्न सकिन्‍छ।
  • "मूर्ख" लाई अनुवाद गर्ने तरिकाहरूमा "समझको कमि" वा "मूर्ख" वा "अर्ञहिन" समावेश गर्न सकिन्‍छ।

हेर्नुहोस्ः  विद्धिमान

बाइबलका सन्दर्भहरूः

  • उपदेशक १ः१७
  • एफिसी ५ः१५
  • गलाति ३ः३
  • उत्‍पत्ति ३१ः२८
  • मत्ति ७ः२६
  • मत्ति २५ः८
  • हितोपदेश १३ः१६
  • भजनसंग्रह ४९ः१३

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H0191, H0196, H0200, H1198, H1984, H2973, H3684, H3687, H3688, H3689, H3690, H5014, H5034, H5036, H5039, H5528, H5529, H5530, H5531, H6612, H8417, H8602, H8604, G04530, G04540, G07810, G08010, G08770, G08780, G27570, G31500, G31540, G34710, G34720, G34730, G34740, G39120