ne_tw/bible/kt/flesh.md

5.0 KiB

मासु, देह

परिभाषा:

बाइबलमा “मासु” शब्दको शाब्दिक अर्थ मानिस र जनावरको शरीरमा भएको नरम तन्तु हो ।

  • बाइबलमा सबै मानिस वा सबै जीवित प्राणीलाई जनाउनको लागि यो शव्‍दलाई आलंकारिक रुपले प्रयोग गरिएको छ ।
  • नयाँ करारमा “मासु” शब्द मानिसहरूको पापमय स्वभावलाई जनाउनको लागि प्रयोग गरिएको पाइन्छ । यो अन्‍तिम स्वभावको विपरीत प्रयोग गरिने शब्द हो ।
  • “आफ्नै रगत र मासु” भन्‍ने टुक्‍काले अभिभावक, भाइ बहिनीहरू, छोराछोरी वा नाति नातिनीहरूजस्ता शारीरिक नातालाई जनाउँछ ।
  • “रगत र मासु” भन्‍ने अभिव्‍यक्‍तिलाइ कुनै व्‍यक्‍तिको पुर्खा वा वंशजलाई जनाउनको लागि प्रयोग गरिन्छ ।
  • विवाह बन्धनमा बाँधिएका पुरुष र स्‍त्रीलाई “एउटै शरीर” भनेर भनिन्छ ।

अनुवादका लागि सुझावहरूः

  • जनावरको शरिरको सन्‍दर्भमा, "मासु" लाई "शरिर" वा "छाला" वा "शरीर" भनेर अनुवाद गर्न सकिन्‍छ।
  • जब यो सामान्‍यतया सबै जिवित प्राणिहरूलाई सन्‍दर्भ गर्न प्रयोग गरिन्‍छ, यो शब्‍द "जिवित प्राणीहरू" वा "जिवित सबै कुरा" को रूपमा अनुवाद गर्न सकिन्‍छ।
  • सबै मानिसहरूलाई सामान्‍य रूपमा उल्‍लेश गर्दा, यो शब्‍दलाई "मानिसहरू" वा "मानवहरू" वा "बाच्‍ने सबै" भनेर अनुवाद गर्न सकिन्‍छ।
  • "मासु र रगत" अभिव्‍यक्‍तिलाई "आफन्‍तहरू" वा "परिवार" वा "नातेदार" वा "परिवारको कुल" भनेर अनुवाद गर्न सकिन्‍छ। त्‍यहाँ सन्‍दर्भसरू हुन सक्‍छन् जहाँ यसलाई "पूर्वजहरू" वा "वंशजहरू" भनेर अनुवाद गर्न सकिन्‍छ।
  • केहि भाषाहरूमा "मासु र रगत" सगँ मिल्‍दोजुल्‍दो अभिव्‍यक्‍ति हुन सक्‍छ।
  • "एउटै शरीर बन्‍नु" भन्‍ने अभिव्‍यक्‍तिलाई "शारीरक सम्‍बन्‍धमा एकताबद्ध हुनु" वा "एउटै शरीरको रूपमा बन्‍नु" वा "शरिर र आत्‍मामा एक जस्‍तै बन्‍नु" भनि अनुवाद गर्न सकिन्‍छ।  यो अभिव्‍यक्‍तिको अनुवाद परियोजनाको भाषा र संस्‍कृतिमा स्‍विकार् छ भनि सुनिश्‍चित गर्न जाचँ गरिनुपर्छ। (हेर्नुहोस्: प्रेयोक्‍ति). यो पनि बुझ्‍नुपर्छ कि यो लाक्षणिक छ, र यसको मतलब यो होइन कि एक पुरुष र एक महिला जो "यउटै शरीर बन्‍छन्" वा शाब्‍दिक रूपमा एक व्‍यक्‍ति बन्‍छन्।

बाइबलका सन्दर्भहरूः

  • १ यूहन्‍ना २ः१६
  • २ यूहन्‍ना १ः७
  • एफिसी ६ः१२
  • गलाति १ः१६
  • उत्‍पत्ति २ः२४
  • यूहन्‍ना १ः१४
  • मत्ति १६ः१७
  • रोमि ८ः८

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H0829, H1320, H1321, H2878, H3894, H4207, H7607, H7683, G29070, G45590, G45600, G45610