ne_tw/bible/kt/faithless.md

4.5 KiB

अविश्‍वासी, अविश्‍वास

परिभाषा:

विश्‍वास नभएकोलाई “अविश्‍वासी” भनिन्छ ।

  • यो शब्द परमेश्‍वरमा विश्‍वास नगर्ने मानिसहरूलाई जनाउनको लागि प्रयोग गरिन्छ, जुन कुरा उनीहरूको अनैतिक जीवनबाट प्रकट हुन्छ ।
  • अगमवक्ता यर्मियाले इस्राएलीहरूलाई अविश्‍वासी र परमेश्‍वरप्रति अनाज्ञाकारी भएको दोष लगाए ।
  • उनीहरूले मूर्तिपूजा गरे र परमेश्‍वरको आराधना नगर्ने मानिसहरूका चालहरूमा लागे ।

"अविश्‍वासी" शब्‍दले परमेश्‍वरले आज्ञा दिनुभएको कुरा नगर्ने मानिसहरूलाई वर्णन र्दछ। अविश्‍वासी हुनुको अवस्‍था वा त्‍यसको अभ्‍यास "अविश्‍वास" हो।

  • इस्राएलका मानिसहरूलाई "अविश्‍वासी भनिन्‍थ्‍यो जब तिनिहरूले मूर्तिपूजा गर्न थाले र जब तिनिहरूले अन्य तरिकाले परमेश्‍वर प्रति अनाज्ञाकारी भए।
  • वैवाहिक जिवनमा, व्‍यभिचार गर्ने व्‍यक्‍ति आफ्‍नो जिवनसाथीप्रति "अविश्‍वासयोग्‍य" हुन्‍छ।
  • इस्राएलको अनाज्ञाकारीको व्‍यवहारलाई वर्णन गर्न परमेश्‍वरले "अविश्‍वासयोग्‍य" शब्‍द प्रयोग गर्नुभयो। तिनिहरूले परमेश्‍वरको आज्ञापालन वा उहाँको आदर गरेका थिएनन्।

अनुवादका लागि सुझावहरूः

  • सन्‍दर्भमा निर्भर गर्दै, "विश्‍वासहिन" शब्‍दलाई "अविश्‍वासयोग्‍य" वा "अविश्‍वासी" वा "परमेश्‍वरप्रति अनाज्ञाकारि" वा "विश्‍वास नगर्ने" भनेर अनुवाद गर्न सकिन्‍छ।
  • शब्‍द "विश्‍वासको कमि" लाई "अविश्‍वास" वा "विश्‍वास नभएको" वा "परमेश्‍वरप्रति विद्रोहि" भनेर अनुवाद गर्न सकिन्‍छ।
  • "अविश्‍वासयोग्‍य" वाक्‍यांशलाई "परमेश्‍वरप्रति वफादार नभएका मानिसहरू" वा "अविश्‍वासि मानिसहरू" वा "जो परमेश्‍वरको अनाज्ञाकारि" वा "मानिसहरू जो परमेश्‍वर प्रति विद्रोही" भनेर अनुवाद गर्न सकिन्‍छ।
  • केहि भाषाहरूमा , "अविश्‍वासयोग्‍य" शब्‍द "अविश्‍वास" शब्‍द सगँ सम्‍बन्‍धित छ।

(​हेर्नुहोस्ः नामहरूलाई कसरी अनुवाद गर्ने)

हेर्नुहोस् विश्‍वास, विश्‍वासयोग्‍य, अनाज्ञाकारी, व्‍यभिचार

बाइबलका सन्दर्भहरूः

  • इजकिएल ४३ः६-८
  • एज्रा ९ः१-२
  • यर्मिया २ः१९
  • हितोपदेश २ः२२
  • प्रकाश २१ः७-८

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: G05710