ne_tw/bible/kt/faith.md

6.3 KiB

विश्‍वास

परिभाषा:

सामान्यतया “विश्‍वास” शब्दले कसैमाथि वा केहीकुरा माथि गरिने भरोसा वा आत्मविश्‍वासलाई जनाउँछ ।

  • कसैमाथि “विश्‍वास राख्‍नु” भन्‍नाले उसले भनेको र गरेको कुरा सत्य र भरोसायोग्य छ भनी मानिलिनु हो ।
  • येशूको बारेमा परमेश्‍वरले शिक्षा दिनुभएको कुरामा विश्‍वास गर्ने कामलाई “येशूमाथि विश्‍वास गर्नु” भनिन्छ । यसले विशेष गरी येशू र उहाँको बलिदानमाथि गरिएको विश्‍वासले मानिसहरूको पाप धुन्छ र यसले ल्याउने दण्डबाट पनि बचाउँछ भन्‍ने कुरालाई जनाउँछ ।
  • येशूमा गरिएको साँचो विश्‍वासले मानिसमा असल आत्मिक फलहरू वा व्यवहारहरू उत्पन्‍न गराउँछ । पवित्र आत्मा उसमा भएको कारणले यो काम सम्भव हुन्छ ।
  • कहिले काहीँ “विश्‍वास” ले येशूको बारेमा सिकाइएको सबै कुरालाई जनाउँछ । “विश्‍वासको सत्यता” भन्‍ने अभिव्‍यक्‍तिले यसैलाई बुझाउँछ ।
  • “विश्‍वासलाई जोगाएर राख्‍नु” वा “विश्‍वासलाई छोड्नु” भन्‍ने सन्दर्भमा “विश्‍वास” शब्दले येशूको बारेमा दिइएका सबै शिक्षालाई बुझाउँछ ।

अनुवादका लागि सुझावहरूः

  • केहि सन्‍दर्भहरूमा, "विश्‍वास" लाई  "पत्‍यार गर्नु" वा "निष्‍चितता" वा "निर्धक्‍कपना" वा "भरोसा" को रूपमा अनुवाद गर्न सकिन्‍छ।
  • केहि भाषाहरूमा यि शब्‍दहरू क्रियाको रूपमा "विश्‍वास गर्छु" भनिने शब्‍द प्रयोग गरेर अनुवाद गरिन्‍छ।  (हेर्नुहोस्ः अमूर्त संज्ञा)
  • "विश्‍वास गर्नु" भन्‍ने अभिव्‍यक्‍तिलाई "येशूमा विश्‍वास गरिरहनुहोस्" वा "येशूमा निरन्‍तर विश्‍वास गर्नु" भनेर अनुवाद गर्न सकिन्‍छ।
  • "तिनिहरूले विश्‍वासको गहिरो सत्‍यहरूलाई पक्रनुपर्दछ" भन्‍ने वाक्‍यलाई "तिनिहरूलाई येशूको बारेमा सिकाइएका सबै साचोँ कुराहरूमा विश्‍वास गरिरहनुपर्छ" भनेर अनुवाद गर्न सकिन्‍छ।
  • "विश्‍वासमा मेरो साचोँ छोरो" भन्‍ने अभिव्‍यक्‍तिलाई "जो मेरो लागि छोरा जस्‍तो छ किनभने मैले उसलाई येशूमा विश्‍वास गर्न सिकाएको छु" वा  "येशूमा विश्‍वास गर्ने मेरो साँचो आत्‍मिक छोरो, जसले येशूमा विश्‍वास गरेको छ"  भन्‍ने वाक्‍यको रूपमा अनुवाद गर्न सकिन्‍छ।

(हेर्नुहोस्ः विश्‍वास, विश्‍वासि)

बाइबलका सन्दर्भहरूः

  • २ तिमिथी ४ः७
  • प्रेरित ६ः७
  • गलाति २ः२०-२१
  • याकुब २ः२०

बाइबलका कथाहरूबाट लिइएका उदाहरणहरूः

  • ५ः६  जब इसहाक जवान थिए, परमेश्‍वरले अब्राहामको विश्‍वास जाचँ गर्नुभयो, "तेरो एक्‍लो छोरो इसहाकलाई लेँ र बलिदानको रुपमा मेरो लागि उसलाई मार्। "
  • ३१ः७ त्‍यसपछि उहाँले (येशू) पत्रुसलाई भन्‍नुभयो, "ए अल्‍प विश्‍वासि मानिस, तिमिले किन शंका गर्यौ?"
  • ३२ः१६ येशूले तिनलाई भन्‍नुभयो, "तिम्रो विश्‍वासले तिमिलाई निको पारेको छ। शान्‍तिपूर्वक जाऊँ।"
  • ३८ः९ तब येशूले पत्रुसलाई भन्‍नुभयो, "शैतानले तिमिहरू सबैलाई बहकाउन चाहन्‍छ, तर मैले तिम्रो लागि प्रार्थना गरेको छु, पत्रुस, तिम्रो विश्‍वास नडग्‍मगाोस् भनेर ।"

शब्‍द तथ्‍याङ्‍क:

  • स्‍ट्रोंग्‍स: H0529, H0530, G16800, G36400, G41020, G60660